म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ।
साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङररक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ।
तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए।
उहाँका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो। रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल ९होल० बनाइएको छ।
रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलब पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन्। यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो। नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ।
बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना ब्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरु रसिमा झुण्डीएर रड राख्ने प्वाल बनाएका बताए। रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उनले बताए।
म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दुरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ। चिन र भारत जोड्ने सबैभन्दा छोटो दुरिको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसा सम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ।
वि।स। २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडीरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन्। यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार छ सय मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ। धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो। ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठुला ढुङ्गाले क्षति पुर्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: