Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मनमोहनका विद्यार्थीले निर्माण गरे चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

खबरडबली संवाददाता

विराटनगर  । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो  अल्कोहल टेष्ट गर्नसक्ने  उपकरण निर्माण गरेका छन ।

पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो बर्षका विद्यार्थीले छ महिना लगाएर कुनै पनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ  र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन ।

विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नती गरेर कार, वाईक , बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा  जडान गर्न सकिन्छ  । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त्त उपकरणले तत्काल सिग्नल दिनसक्छ । जसले ‘ तिमिले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ । यसैले यो उपकरणले दुर्घटना न्युनिकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका ईन्जिनियर तथा शिक्षक दिपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल ईन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन ।

गियरवाला विद्युत्तिय मोटरसाइकल पनि बनाए 

यसैगरि मनमोहन पोलिटेक्निककै ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले गियरवाला विद्युत्तिय मोटरसाइकल पनि निर्माण गरेका छन । विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भैरहेका ईलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोनोन्तरी गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा ईन्जिनियर रामकुमार यादवले जानकारी दिए । ईन्जिनियर रामकुमार यादवका अनुसार चालु बर्ष ईन्जिनियरिंगतर्फका विद्यार्थीले ५ वटा र ईलेक्ट्रिक ईन्जिनियरिंङगतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रर्दशन गरेका छन ।

विद्यार्थीहरुले सोमवार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रिव्यल चेयर , हाईड्रो पावर , ट्रान्सफरमर ईलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार , अल्कोहल टेष्ट डिभाइस , गियरवाला ईलेक्ट्रिक मोटरसाइकलआदि विभिन्न अविष्कारहरु प्रर्दशन गरेका छन ।

विद्यार्थीहरुले गरेको अविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री  पोखरेल रजिष्टार डा दिलनाथ फुयाल , उद्योगी सोम घिमिरे , समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending