Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

विद्यालयका कक्षाकोठा बालमैत्री, सृजनशील र ज्ञानमुखी, पालिका स्तरिय अनुगमन सम्पन्न

खबरडबली संवाददाता

सल्यान । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता कार्यक्रम अन्तर्गत संचालित क्रियाकलापहरुको पालिका स्तरिय अनुगमन तथा प्रगति समिक्षा शुक्रबार सम्पन्न भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाका दुई विद्यालयमा अनुगमन र समिक्षा गरिएको हो । पारभ्मिक कक्षाका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानी विकास गर्दै स्वतन्त्र पाठकका रूपमा जीवनपर्यत्न पठन सीपको विकास गर्ने उद्देश्य अनुरुप छत्रेश्वरी गाउँपालिका र रुम टु रिडको साझेदारीमा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समिक्षा गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको नेतृत्वमा छत्रेश्वरी १ स्थित भानुभक्त माविमा र प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगीको नेतृत्वमा वडा नं ३ स्थित जानकाी मावि दोहलीमा कक्षा तथा पुस्तकालय अवलोकन गरिएको हो । सो अवसरमा प्रगति विवरण प्रस्तुतीकरण, भाषा शिक्षकको अनुभव आदानप्रदान र पढाइ गतिविधीको बारे छलफल तथा कार्यक्रमको प्रभावबारे समिक्षा गरिएको थियो ।

शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको बालनी हुन्छ भन्ने मान्यताका साथ   छत्रेश्वरी गाउँपालिका ररूम टु रिडको सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय तथा दलित विकास समाजको व्यवस्थापनमा संचालित साक्षरता कार्यक्रम सन् २०१८ देखि यस गाउँपालिकामा कायर्यान्वयन भइरहेको छ । पालिकामा रहेका ४० विद्यालयमा सन् २०१८ मा ६ वटा विद्यालय, सन् २०१९ मा ८ वटा विद्यालय र सन् २०२३ मा ६ विद्यालय गरी जम्मा २० विद्यालयमा जापक्रम संचालन भएको छ । साक्षरता कार्यक्रम सन् २०१८ र २०१९ मा प्रर्दशन नमुना संचालन भई कार्यान्वयन भई हस्तान्तरण भइसकेका छन भने हाल सन् २०२३ बाट गाउँपालिका र रुम टु रिडको सहकार्य तथा दलित विकास समाजको व्यवस्थापनमा ६ वटा विद्यालय संचालनमा रहेका छन् ।

यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेका छन् ।

अनुगमन तथा समिक्षाको क्रममा विद्यालयका शिक्षकहरुले साक्षरता कार्यक्रमका कारण निकै सकारात्मक परिवर्तन देखिएको, बालवालिकाले छिटै सिक्ने गरेको तथा आफुहरुलाइ पनि शिक्षण गर्न सहज भएको अनुभव सुनाएका छन् । अनुगमनमा सहभागि पदाधिकारीहरुले कक्षा अवलोकन गर्दा बालवालिकाले उत्सुकताको साथ पढ्न, लेख्न र सिक्न तत्पर रहेको र उनीहरुमा राम्रो परिवर्तन देखिएको जनाएका छन् । कक्षाकोठा रमाइलो, सृजनशील, र बालबालिकाका लागि प्रेरणादायी स्थानका रुपमा विकास भएका छन् भने कक्षा कोठाको माहोल बालमैत्री, ज्ञानमुखी र सहभागीपूर्ण रहेको पदाधिकारीहरुको भनाई छ ।

भानुभक्त माविको अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खबी संगै गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नं १ का वडा अध्यक्ष प्रकाश हमाल, क्षेत्रीय पुस्तकालय व्यवस्थापक खड्ग बहादुर पुन, गाउँपालिका सचिवालयबाट खडग शाही, साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेल, विद्यालयका प्रअ खुमानन्द केसी, पत्रकार अमृत बुढाथोकी, सहजकर्ता गिता गिरी लगाएतको सहभागिता रहेको थियो ।

यस्तै जानकी मावि दोहलीको अनुगमन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगी सहित वडा नं ३ का वडाध्यक्ष तिर्थराज दाहाल, वडा सदस्य जैकली विक, रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वली, शिक्षा प्रासशिव बहादुर पुन, पत्रकार शंकर केसी, विद्यालयका प्रअ टंक प्रसाद केसी, सहजकर्ता कमल वोहरा लगाएतको सहभागिता रहेको थियो ।

छत्रेश्वरी गाउँपालिकामा विद्यार्थी सिकाइ मापन २०२४ प्रतिवेदन अनुसार ३८ जना विद्यार्थीमा गरिएको परिक्षणमा कक्षा २ का विद्यार्थी प्रतिमिनेट औसत ३८.८ शब्द पढन् सक्छन । यस्तै रुम टु रिडको प्रतिवेदन अनुसार जिल्लाका ५२३ जना विद्यार्थीमा गरिएको परिक्षणमा कक्षा २ का विद्यार्थीले ३५ शब्दको पाठ प्रतिमिनेट औसत ३५.९ शब्द पढन् सक्छन ।

छत्रेश्वरी गाउँपालिकाका ६ विद्यालयमा कक्षा १ र २ मा बालमैत्री बसाई व्यवस्थापन र ६ वटा पुस्तकालय स्थापना गरिएको छ । शैक्षणिक तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी ४८ जना शिक्षकलाई पेशागत तालिम प्रदान गरिएको छ भने ५१०० बाल पुस्तक वितरण गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

खाली पेटमा लिची खानु जोखिमपूर्ण, बालबालिकामा गम्भीर असर पर्न सक्ने चेतावनी

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...

ब्राजिलको दमदार प्रदर्शन, हाइटी विश्वकपबाट बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...

गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ

विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...

दाङमा दुई अटो ठोक्किँदा ९ जना घाइते

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...

भोटो जात्रामा प्रधानमन्त्री शाहको उपस्थितिबारे अझै अन्योल

ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending