Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

विद्यालयका कक्षाकोठा बालमैत्री, सृजनशील र ज्ञानमुखी, पालिका स्तरिय अनुगमन सम्पन्न

खबरडबली संवाददाता

सल्यान । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता कार्यक्रम अन्तर्गत संचालित क्रियाकलापहरुको पालिका स्तरिय अनुगमन तथा प्रगति समिक्षा शुक्रबार सम्पन्न भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाका दुई विद्यालयमा अनुगमन र समिक्षा गरिएको हो । पारभ्मिक कक्षाका बालबालिकामा पढ्ने सीप तथा पढ्ने बानी विकास गर्दै स्वतन्त्र पाठकका रूपमा जीवनपर्यत्न पठन सीपको विकास गर्ने उद्देश्य अनुरुप छत्रेश्वरी गाउँपालिका र रुम टु रिडको साझेदारीमा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समिक्षा गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको नेतृत्वमा छत्रेश्वरी १ स्थित भानुभक्त माविमा र प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगीको नेतृत्वमा वडा नं ३ स्थित जानकाी मावि दोहलीमा कक्षा तथा पुस्तकालय अवलोकन गरिएको हो । सो अवसरमा प्रगति विवरण प्रस्तुतीकरण, भाषा शिक्षकको अनुभव आदानप्रदान र पढाइ गतिविधीको बारे छलफल तथा कार्यक्रमको प्रभावबारे समिक्षा गरिएको थियो ।

शिक्षित बालबालिकाहरुबाट नै विश्वमा परिवर्तनको बालनी हुन्छ भन्ने मान्यताका साथ   छत्रेश्वरी गाउँपालिका ररूम टु रिडको सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय तथा दलित विकास समाजको व्यवस्थापनमा संचालित साक्षरता कार्यक्रम सन् २०१८ देखि यस गाउँपालिकामा कायर्यान्वयन भइरहेको छ । पालिकामा रहेका ४० विद्यालयमा सन् २०१८ मा ६ वटा विद्यालय, सन् २०१९ मा ८ वटा विद्यालय र सन् २०२३ मा ६ विद्यालय गरी जम्मा २० विद्यालयमा जापक्रम संचालन भएको छ । साक्षरता कार्यक्रम सन् २०१८ र २०१९ मा प्रर्दशन नमुना संचालन भई कार्यान्वयन भई हस्तान्तरण भइसकेका छन भने हाल सन् २०२३ बाट गाउँपालिका र रुम टु रिडको सहकार्य तथा दलित विकास समाजको व्यवस्थापनमा ६ वटा विद्यालय संचालनमा रहेका छन् ।

यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरु भइरहेका छन् ।

अनुगमन तथा समिक्षाको क्रममा विद्यालयका शिक्षकहरुले साक्षरता कार्यक्रमका कारण निकै सकारात्मक परिवर्तन देखिएको, बालवालिकाले छिटै सिक्ने गरेको तथा आफुहरुलाइ पनि शिक्षण गर्न सहज भएको अनुभव सुनाएका छन् । अनुगमनमा सहभागि पदाधिकारीहरुले कक्षा अवलोकन गर्दा बालवालिकाले उत्सुकताको साथ पढ्न, लेख्न र सिक्न तत्पर रहेको र उनीहरुमा राम्रो परिवर्तन देखिएको जनाएका छन् । कक्षाकोठा रमाइलो, सृजनशील, र बालबालिकाका लागि प्रेरणादायी स्थानका रुपमा विकास भएका छन् भने कक्षा कोठाको माहोल बालमैत्री, ज्ञानमुखी र सहभागीपूर्ण रहेको पदाधिकारीहरुको भनाई छ ।

भानुभक्त माविको अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खबी संगै गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नं १ का वडा अध्यक्ष प्रकाश हमाल, क्षेत्रीय पुस्तकालय व्यवस्थापक खड्ग बहादुर पुन, गाउँपालिका सचिवालयबाट खडग शाही, साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेल, विद्यालयका प्रअ खुमानन्द केसी, पत्रकार अमृत बुढाथोकी, सहजकर्ता गिता गिरी लगाएतको सहभागिता रहेको थियो ।

यस्तै जानकी मावि दोहलीको अनुगमन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगी सहित वडा नं ३ का वडाध्यक्ष तिर्थराज दाहाल, वडा सदस्य जैकली विक, रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वली, शिक्षा प्रासशिव बहादुर पुन, पत्रकार शंकर केसी, विद्यालयका प्रअ टंक प्रसाद केसी, सहजकर्ता कमल वोहरा लगाएतको सहभागिता रहेको थियो ।

छत्रेश्वरी गाउँपालिकामा विद्यार्थी सिकाइ मापन २०२४ प्रतिवेदन अनुसार ३८ जना विद्यार्थीमा गरिएको परिक्षणमा कक्षा २ का विद्यार्थी प्रतिमिनेट औसत ३८.८ शब्द पढन् सक्छन । यस्तै रुम टु रिडको प्रतिवेदन अनुसार जिल्लाका ५२३ जना विद्यार्थीमा गरिएको परिक्षणमा कक्षा २ का विद्यार्थीले ३५ शब्दको पाठ प्रतिमिनेट औसत ३५.९ शब्द पढन् सक्छन ।

छत्रेश्वरी गाउँपालिकाका ६ विद्यालयमा कक्षा १ र २ मा बालमैत्री बसाई व्यवस्थापन र ६ वटा पुस्तकालय स्थापना गरिएको छ । शैक्षणिक तथा पुस्तकालय व्यवस्थापन सम्बन्धी ४८ जना शिक्षकलाई पेशागत तालिम प्रदान गरिएको छ भने ५१०० बाल पुस्तक वितरण गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending