पेरिस। फ्रान्समा ३ महिनाअघि बनेको प्रधानमन्त्री मिसेल बार्नियरको सरकार बुधबार पतन भएको छ ।
फ्रान्सको संसदमा प्रधानमन्त्री बार्नियरको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अब उनले आफ्नो सम्पूर्ण मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति म्याक्रोनलाई बुझाउनु पर्नेछ।
फ्रान्सको ६२ वर्षको इतिहासमा संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले सत्ता गुमाएको यो पहिलो पटक हो ।
संसदमा वामपन्थी गठबन्धनले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो भने जबकी प्रस्ताव पारित गर्न २८८ मत मात्र आवाश्यक थियो ।
अब तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्नेछन् । उनलाई फ्रान्सको इतिहासमा सबैभन्दा छोटो अवधिसम्म सरकार चलाउने प्रधानमन्त्री मानिने छ।
बार्नियरले अविश्वासको प्रस्ताव अघि आफ्नो अन्तिम भाषणमा भनेका थिए – ‘फ्रान्स र फ्रान्सेलीहरूको सेवा गर्न पाउनु मेरो लागि सम्मान हो।’
फ्रान्सको संविधान अनुसार, बर्नियरको राजीनामा पछि राष्ट्रपति म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु पर्नेछ, किनकि फ्रान्समा जुलाई २०२४ मा मात्र चुनाव भएको थियो। यस्तो अवस्थामा जुलाई २०२५ सम्म चुनाव हुन सक्दैन ।
संसदमा अहिले कुनै पनि दलको बहुमत छैन । जसका कारण फ्रान्समा राजनीतिक अस्थिरता अझै बढ्न सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: