Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

अस्ट्रेलियाबाट फर्किएलगतै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

खबरडबली संवाददाता

ललितपुर । अस्ट्रेलियामा ६ वर्ष बसेर स्वदेश फर्किएका ललितपुर सुनाकोठीका एक युवा श्रीमती बलात्कारको मुद्दामा पक्राउ परेका छन् । २७ वर्षका परिवर्तित नाम ‘सुनाकोठी २६ विरुद्ध’ सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालतमा वैवाहिक बलात्कार मुद्दा दायर गरेको छ । मुद्दा अदालतमा विचाराधीन छ ।

पति ‘सुनाकोठी २६’ र पत्नी ‘जावलाखेल १३’ दुवैजना अस्ट्रेलिया थिए । गत दशैंमा दुवैजना स्वदेश आएका हुन् । आएको तीन दिनमा पत्नी ‘जावलाखेल १३’लाई बलात्कार गरेको आरोपमा पति पक्राउ परेका हुन् ।

२०७५ मा पारिवारिक सहमतिमै बिहे गरेका उनकी पत्नी बिहे लगतै अस्ट्रेलिया गएकी थिइन् । पत्नीको डिपेन्डेन्ट भिसामा पती ‘सुनाकोठी २६’ पनि पछि उतै गए । लगातार ६ वर्ष अस्ट्रेलिया बसेका उनीहरु दुवैजना दशैँमा घर आएका थिए । तर, दुवैजना पतिको घर गएनन् । पति ‘सुनाकोठी २६’ आफ्नो घर गए । पत्नी ‘जावलाखेल १३’ आफ्नो माइती लागिन् ।

भोलिपल्ट पत्नी ‘जावलाखेल १३’ पति ‘सुनाकोठी २६’को घर पुगिन् । त्यो समयमा पतिले पत्नीलाई बलात्कार गरेको आरोपमा घरबाटै पक्राउ परेका हुन् । ‘आफूलाई सहमति बिना जबरजस्ती बलात्कार गरेको’ पत्नीको आरोप छ । उता पतिले भने फसाइएको भन्दै इन्कारी बयान दिएका छन् ।

अस्ट्रेलिया हुँदै अन्य केटीहरूसँग कुराकानी गर्ने गरेको भनी पत्नीले आरोप लगाई मन मुटाव हुन थालेको उनले भनेका छन् । बिचार नमिल्ने र मन मुटाव समेत भइरहेको हुँदा सम्बन्ध बिच्छेद गर्न स्वदेश आएको पतीको दाबी छ ।

‘उनी मेरो घर आइन् र गुलाबी रङको कट्टु उपहार भन्दै दिइन् । लगाउन आग्रह गरिन्। लगाउन खोज्दा चिच्याएर ढोका खोल्दै आफन्तलाई बोलाइन् । त्यसपछि प्रहरीले मलाई पक्राउ गर्यो‍ ’ अभियुक्त पतिको बयान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending