ललितपुर । अस्ट्रेलियामा ६ वर्ष बसेर स्वदेश फर्किएका ललितपुर सुनाकोठीका एक युवा श्रीमती बलात्कारको मुद्दामा पक्राउ परेका छन् । २७ वर्षका परिवर्तित नाम ‘सुनाकोठी २६ विरुद्ध’ सरकारी वकिल कार्यालय ललितपुरले जिल्ला अदालतमा वैवाहिक बलात्कार मुद्दा दायर गरेको छ । मुद्दा अदालतमा विचाराधीन छ ।
पति ‘सुनाकोठी २६’ र पत्नी ‘जावलाखेल १३’ दुवैजना अस्ट्रेलिया थिए । गत दशैंमा दुवैजना स्वदेश आएका हुन् । आएको तीन दिनमा पत्नी ‘जावलाखेल १३’लाई बलात्कार गरेको आरोपमा पति पक्राउ परेका हुन् ।
२०७५ मा पारिवारिक सहमतिमै बिहे गरेका उनकी पत्नी बिहे लगतै अस्ट्रेलिया गएकी थिइन् । पत्नीको डिपेन्डेन्ट भिसामा पती ‘सुनाकोठी २६’ पनि पछि उतै गए । लगातार ६ वर्ष अस्ट्रेलिया बसेका उनीहरु दुवैजना दशैँमा घर आएका थिए । तर, दुवैजना पतिको घर गएनन् । पति ‘सुनाकोठी २६’ आफ्नो घर गए । पत्नी ‘जावलाखेल १३’ आफ्नो माइती लागिन् ।
भोलिपल्ट पत्नी ‘जावलाखेल १३’ पति ‘सुनाकोठी २६’को घर पुगिन् । त्यो समयमा पतिले पत्नीलाई बलात्कार गरेको आरोपमा घरबाटै पक्राउ परेका हुन् । ‘आफूलाई सहमति बिना जबरजस्ती बलात्कार गरेको’ पत्नीको आरोप छ । उता पतिले भने फसाइएको भन्दै इन्कारी बयान दिएका छन् ।
अस्ट्रेलिया हुँदै अन्य केटीहरूसँग कुराकानी गर्ने गरेको भनी पत्नीले आरोप लगाई मन मुटाव हुन थालेको उनले भनेका छन् । बिचार नमिल्ने र मन मुटाव समेत भइरहेको हुँदा सम्बन्ध बिच्छेद गर्न स्वदेश आएको पतीको दाबी छ ।
‘उनी मेरो घर आइन् र गुलाबी रङको कट्टु उपहार भन्दै दिइन् । लगाउन आग्रह गरिन्। लगाउन खोज्दा चिच्याएर ढोका खोल्दै आफन्तलाई बोलाइन् । त्यसपछि प्रहरीले मलाई पक्राउ गर्यो ’ अभियुक्त पतिको बयान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: