सियोल। कसरी श्रीमतीको ह्यान्डब्याग काण्डले राष्ट्रपति युन समस्यामा परिरहेका छन भन्ने बारेमा यतिखेर दक्षिण कोरियामा बहसको बिषय बनेको छ ।
मार्शल ल लगाउनु भन्दा अगावै राष्ट्रपति युन पहिले नै समस्यामा परेका थिए जब उनकी पत्नी किम केओन हे कोरियन–अमेरिकी पास्टरबाट ह्यान्डब्याग स्वीकार गरेको भिडियो गत वर्ष सार्बजनिक भएको थियो ।
पहिलो त सो झोला उपहार लिदाँ उपहार सबन्धी सरकारी नियम तोडेको आरोप उनकी श्रीमती माथी लागेको थियो । तर, राष्ट्रपति यूनले श्रीमतीको बचाउँ गर्दै दिएको प्रतिक्रियाले उनको सरकारलाई पूर्ण रूपमा संकटमा फसाएको थियो ।
युनले एउटा जासूस क्यामेराले खिचेको भिडियोलाई चुनावअघि आफ्नो पार्टीलाई चोट पुर्याउने उद्देश्यले गरिएको एउटा स्टन्ट मात्र भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, उनकी पत्नीले लिएको २२ सय अमेरिकन डलरको सो झोला उपहारको सम्मानमा लिएको भन्दै सो बिषय नउचाल्न अनुरोध गरेका थिए ।
तर, उनको पार्टीले गत अप्रिल भएका चुनावमा ठूलो हानि बेहोर्नु परेको थियो । राष्ट्र प्रमुखको पत्नीले लिएको सो उपहार, नियम बिपरित भएको भन्दै थप असन्तुष्टी बढेको थियो । अन्तत: गत महिना युनले आफ्नी पत्नीको तर्फबाट माफी मागेका थिए, जुन घोटाला भएको एक बर्ष भइसकेको थियो ।
माफी मागे पनि राष्ट्रपति युनले भने सो घटनाको अनुसन्धानलाई अनुमति दिन अस्वीकार गरे । जसका कारण थप सार्वजनिक आक्रोश त्यसपछि तीव्र मात्रामा बढन थालेको थियो ।
सो घटना पछि राष्ट्रपति युनमाथी बिपक्षी दल र जनसतहमा आक्रोश बढ्न सुरू गरेको थियो । कोरियाली सञ्चारमाध्यमहरूले सो झोला काण्डलाइ राष्ट्रपतिले अनुसन्धान गर्न दिएको भए न त ‘मार्शल ल’को अवस्थामा पुग्नु पर्दथ्यो, न त महाअभियोगको नै सामाना गर्नु पर्दथ्यो । हिजो उनले लगाएको ‘मार्शल ल’ दुइ घन्टामा त्यहाँको संसदमा उपस्थित मध्ये १९०–० मतले खारेज गरिदिए पछि उनले मध्यरातमा आफ्नो निर्णयवाट फिर्ता हुन बाध्य भएका थिए । अहिले उनको राजिनामा माग गर्दै संसदमा रहेका ६ बिपक्षी दलले महाअभियोग दर्ता गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: