सियोल। कसरी श्रीमतीको ह्यान्डब्याग काण्डले राष्ट्रपति युन समस्यामा परिरहेका छन भन्ने बारेमा यतिखेर दक्षिण कोरियामा बहसको बिषय बनेको छ ।
मार्शल ल लगाउनु भन्दा अगावै राष्ट्रपति युन पहिले नै समस्यामा परेका थिए जब उनकी पत्नी किम केओन हे कोरियन–अमेरिकी पास्टरबाट ह्यान्डब्याग स्वीकार गरेको भिडियो गत वर्ष सार्बजनिक भएको थियो ।
पहिलो त सो झोला उपहार लिदाँ उपहार सबन्धी सरकारी नियम तोडेको आरोप उनकी श्रीमती माथी लागेको थियो । तर, राष्ट्रपति यूनले श्रीमतीको बचाउँ गर्दै दिएको प्रतिक्रियाले उनको सरकारलाई पूर्ण रूपमा संकटमा फसाएको थियो ।
युनले एउटा जासूस क्यामेराले खिचेको भिडियोलाई चुनावअघि आफ्नो पार्टीलाई चोट पुर्याउने उद्देश्यले गरिएको एउटा स्टन्ट मात्र भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, उनकी पत्नीले लिएको २२ सय अमेरिकन डलरको सो झोला उपहारको सम्मानमा लिएको भन्दै सो बिषय नउचाल्न अनुरोध गरेका थिए ।
तर, उनको पार्टीले गत अप्रिल भएका चुनावमा ठूलो हानि बेहोर्नु परेको थियो । राष्ट्र प्रमुखको पत्नीले लिएको सो उपहार, नियम बिपरित भएको भन्दै थप असन्तुष्टी बढेको थियो । अन्तत: गत महिना युनले आफ्नी पत्नीको तर्फबाट माफी मागेका थिए, जुन घोटाला भएको एक बर्ष भइसकेको थियो ।
माफी मागे पनि राष्ट्रपति युनले भने सो घटनाको अनुसन्धानलाई अनुमति दिन अस्वीकार गरे । जसका कारण थप सार्वजनिक आक्रोश त्यसपछि तीव्र मात्रामा बढन थालेको थियो ।
सो घटना पछि राष्ट्रपति युनमाथी बिपक्षी दल र जनसतहमा आक्रोश बढ्न सुरू गरेको थियो । कोरियाली सञ्चारमाध्यमहरूले सो झोला काण्डलाइ राष्ट्रपतिले अनुसन्धान गर्न दिएको भए न त ‘मार्शल ल’को अवस्थामा पुग्नु पर्दथ्यो, न त महाअभियोगको नै सामाना गर्नु पर्दथ्यो । हिजो उनले लगाएको ‘मार्शल ल’ दुइ घन्टामा त्यहाँको संसदमा उपस्थित मध्ये १९०–० मतले खारेज गरिदिए पछि उनले मध्यरातमा आफ्नो निर्णयवाट फिर्ता हुन बाध्य भएका थिए । अहिले उनको राजिनामा माग गर्दै संसदमा रहेका ६ बिपक्षी दलले महाअभियोग दर्ता गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: