थिम्पु । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् ।
भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । साथै, बिदेश मन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम तय भएको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे १५ दिनअघि मात्र नयाँ दिल्ली पुगेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री मोदीले भुटानलाई भारतको विशेष मित्र भनेका थिए ।
यसैबीच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले गत महिना भुटानको राजधानी थिम्पुको भ्रमण गरेका थिए
।
वास्तवमा सन् १९४९ मा भारत र भुटानबीच भएको विशेष सम्झौताका कारण छिमेकी राष्ट्र भारतसँग परामर्श नगरी आफ्नो परराष्ट्र र रक्षा नीतिमा अगाडि बढ्न भुटानले अझै पनि सक्दैन् । तर, चीन भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न चाहन्छ । त्यसका लागि भुटानले बिशेष सहमतिले बाँधिएको भारतको अनुमति लिन खोजिरहेको छ ।
हालसम्म पनि भुटान र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुनुको कारण यही रहेको छ ।चीनले भुटानसँगको सीमा विवादलाई जतिसक्दो चाँडो समाधान गर्न चाहन्छ । यस विषयमा दुई देशबीच पटकपटक वार्ता भइसकेको छ तर यो सम्पूर्ण अभ्यासमा भारतको भूमिका निकै महत्वपूर्ण छ ।
चीन र भुटानबीचको सीमा विवादको प्रत्यक्ष असर भारतलाई परेको छ । अन्तराष्ट्रिय सिमानामा धेरै ठाउँहरू यस्ता पनि छन् कि जुन त्रिभुज भित्र रहेका छन र त केही ठाउँमा तीनवटै देशको सिमाना रहेको छ । यस्तो अवस्थामा सम्पूर्ण क्षेत्र संवेदनशील बन्दै गएको छ ।
यस्तै विवाद सन २०१७ मा डोकलामको थियो। चीनले डोकलामको त्रिजंक्शन क्षेत्रमा सडक निर्माणको काम सुरु गरेको थियो । यसलाई रोक्न भारतीय सेना त्यहाँ पुग्यो र लामो समयसम्म भिडन्तको स्थिति जारी रह्यो ।
तर अहिले भारत– चीनबीचको विवादित क्षेत्र एलएसीबाट सेना फिर्ता गर्ने घोषणाले यस सम्पूर्ण क्षेत्रमा सीमा विवाद समाधान हुने ठूलो आशा जगाएको छ । यसै सन्दर्भमा चीन र भुटानबीच पनि सीमा विवाद छ । तर, भारतको सहमतिबिना भुटानले यस दिशामा कुनै कदम चाल्न सक्दैन । जसका कारण थिम्पुवाट राजा र प्रधानमन्त्रीको भारत भ्रमण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...
आषाढ़ २२ गते, २०८३ - १६:५९
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...
आषाढ़ २२ गते, २०८३ - १६:४८
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...
आषाढ़ २२ गते, २०८३ - १६:३७
झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...
आषाढ़ २२ गते, २०८३ - १६:१२
काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अ...
आषाढ़ २२ गते, २०८३ - १५:४८
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...
आषाढ़ २२ गते, २०८३ - १५:३२
काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...
आषाढ़ २२ गते, २०८३ - १५:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...



प्रतिकृया लेख्नुहोस्: