काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो । जितका लागि एक सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा सबै विकेटको क्षतिमा ७४ रनमा समेटिएको थियो ।
पोखराका लागि नारयण जोशीले ३० र मार्कस क्रिच्ट्लीले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पोखरालाई सस्तैमा समेट्न चितवनका सोहेल तान्भिर, रिजन ढकाल र लुक बेन्केसटनले तीन तीन विकेट लिए। दीपक बोहराले एक विकेट झारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेले। कप्तान कुशल मल्लले ३८ रन बनाए।
चितवनको यो लगातार दोस्रो जितको हो । यसअघि पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो । पोखराले हारबाट एनपीएलको सुरुवात गरेको छ । मङ्गलबार नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...




प्रतिकृया लेख्नुहोस्: