Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

नवजात छोरीलाई जन्मदेखि नै तीन वर्षसम्म दराजमा लुकाइरहेकी आमालाई जेल

खबरडबली संवाददाता

काठमाडौं । बेलायतमा एउटी आमाले आफ्नी छोरीलाई जन्मेदेखि नै तीन वर्षसम्म दराजमा लुकाएर राखेकी थिइन् । यी महिलालाई सात वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । अदालतले यसलाई ‘चरम लापरवाही’ मानेको छ।

यी बालिकाका वकिलले भने, “उनले कहिल्यै उज्यालो देखेकी छैनन्, ताजा हावामा सास फेरेकी छैनन्।” घरमा पाहुना आएका बेला बालिका रोएको सुनेपछि मात्र बालिकाको बारेमा खुलासा भएको थियो ।

बालिकाको सुरक्षालाई ध्यानमा राख्दै बालिका र उनको परिवारका अन्य सदस्यहरुको पहिचान खुलाइएको छैन ।

यो मुद्दा चेस्टर क्राउन कोर्टमा सुनुवाइ भएको थियो। जहाँ यी आमालाई सजाय दिइयो। यस क्रममा बालिकाकी आमाले बालिकामाथि निर्ममता गरेको चारवटा आरोप स्वीकार गरिन् ।

न्यायाधीश स्टीभन एभरेटले भने “महिलाले बालिकालाई कुनै पनि प्रकारको स्नेह र हेरचाहबाट वञ्चित गरेकी थिइन्। ती महिलाले छोरीलाई न त पर्याप्त खाना दिइन् न त बच्चालाई पर्याप्त स्वास्थ्य सेवा दिइन् ।”

उनले भने, “एउटी नवजात बालिकालाई त्यो कोठामा जिउँदो लाशजस्तै बस्न बाध्य पारिएको थियो ।” अदालतले भनेअनुसार यी आमाले बालिकाका दाजुभाइ तथा दिदीबहिनीबाट समेत बालिकालाई लुकाएर राखेकी थिइन् ।

आमाले यी बालिकाको जन्मको खबर आफ्नो पार्टनर अर्थात ती बालिकाका पिताबाट समेत लुकाएर राखेकी थिइन् ।

क्राउन प्रोसिक्युसन सर्भिसकी रेचेल वर्थिङ्टनका अनुसार बालिका फेला परेपछि उनलाई नाम लिएर बोलाउँदा पनि उनले कुनै प्रतिक्रिया दिइनन् ।

अदालतले बालिका गम्भीर कुपोषित भएको बताएको छ । उनी सात महिना उमेरकी मात्रै देखिन्थिन्, जबकि वास्तविकतामा उनी तीन वर्षकी थिइन् । उनी यति कमजोर भइन् कि उनलाई दूध मिसाएर खानेकुरा खुवाइएको थियो ।

बोल्न गाह्रो हुनुका साथै उनलाई अन्य धेरै समस्याहरू पनि थिए, जसको उपचार उनकी आमाले गरेकी थिइनन् ।

बालिकामाथि यो अपराध सन् २०२० को शुरुदेखि नै हुँदै आएको थियो र २०२३ को शुरुवातसम्म जारी रह्यो । घरमा आएका कोही पाहुनाले सिँढीमा उनको आवाज सुनेपछि मात्रै उनी फेला परिन्।

बालिका फेला परेपछि एक सामाजिक कार्यकर्तालाई घरमा बोलाइएको थियो । जब उनी सुत्ने कोठामा गइन्, त्यहाँको दृश्य देखेर उनी डराइन् ।

उनले बालिकाको कपाल निकै जेलिएको र र छालामा पाप्रा रहेको बताइन् । उनले बालिकाकी आमालाई उले बालिकालाई कहाँ राख्छिन् भनेर सोधिन् । जवाफमा आमाले जवाफ दिइन् ‘हो, म दराजमा राख्छु ।’

उनले थप भनिन्, “आमाले कुनै दु:ख वा पश्चात्ताप नदेखाएको देखेर मलाई अचम्म लाग्यो। साथमा आमा बाहेक बच्चाले मलाई मात्र देखेको थाहा पाउँदा झनै डर लाग्यो।”

उचित हेरचाह नपाएका कारण अन्य बालबालिकाको तुलनामा बालिकाको राम्रो विकास हुन नसकेको अदालतले जनाएको छ । अहिले ती बालिका अर्कै परिवारसँग बस्दै आएकी छिन् ।

प्रहरीसँग कुरा गर्दै महिलाले आफू गर्भवती भएको थाहा नभएको र बच्चा जन्माउँदा निकै डराएको बताइन् । महिलाले प्रहरीलाई बालिका ‘आफ्नो परिवारको हिस्सा नभएको’ बताइन्।

न्यायाधीश एभरेटले भने, “मैले मेरो ४६ वर्षको जीवनमा योभन्दा खराब केस कहिल्यै देखेको छैन।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

पहिलो हाफमा अमेरिकाविरुद्ध बेल्जियमलाई २-१ को अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ को हाल जारी खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ।  राउन्ड अफ १६ को खेलमा पहिलो गोल बेल्ज...

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले ...

उखु किसानलाई राहत, पौने दुई अर्ब रुपैयाँ भुक्तानी

महोत्तरी । दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रुपैयाँ रकम किसानले भुक्तानी पाएका छन् । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिक...

मौसम प्रतिकूलताले गत वर्षभन्दा १२.६२ प्रतिशतले रोपाइँमा कमी

काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस व...

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्...

सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अन्तरिम रोक

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending