काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा सानदार सुरुवात गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ९० रनले हरायो ।
सुदूरपश्चिमको यो पहिलो जित हो । विराटनगरले लगातार दोस्रो हार खेपेको छ । यसअघि पहिलो खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो ।
जितका लागि एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो ।
विराटनगरको सुरुवाती ब्याटिङ लाइन कमजोर बन्यो । ओपनर मार्टिन गुप्टिल शून्य र लोशक बम दुई रनमा आउट भए । त्यसपछि निकोलस किर्तनलाई पाँच रनमा गुमाएको विराटनगरका लागि बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जोड्दै उकास्ने प्रयास गरे।
त्यसपछि अनिल खरेलले अविजित १० रन बनाए ।
बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिए । ब्रान्डन म्याकमुलेन, इशान पाण्डे र सैफ जेफले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो ।
यो योगफ जारी लिगको सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध एक सय ४१ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाए ।
बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिए । पुरै चार ओभर बलिङ गर्नुभएका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: