Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

संविधान पारित गर्न आज दिनभर संविधानसभामा मतदान हुँदै

\"parliyamentकाठमाडौं । नयाँ संविधान जारी गर्नका लागी संविधानसभामा सोमाबार दिनभर मतदान हुदैछ ।  आइतबार साँझ बसेको संविधानसभाको वैठकबाट मतदान शुरु भएको थियो र संविधानका तीनवटा धारा पारित गरेपछि सोमबार ११ वजे सम्मका लागी बैठक स्थगित भएको थियो । बाँकी धाराहरु सोमबारको बैठकले पारित गर्नेछ । भदौ मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधानसभाले कार्यसूची तयार गरेको छ संविधानसभा सचिवालयले जनाएको छ । आइतबार साँझ ७ बजेबाट शुरु संविधानसभाको बैठकमा संविधानको विधेयकका धारा १, २ र ३ लार्इ पारित गरेर नयाँ संविधान बनाउने प्रकृया अघि बढाइएको छ । संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकिया सुरु भएको हो । बैठकमा संविधानको धारा १ र २ सर्वसम्मत पारित भएका छन् । यी धारामा कुनै संशोधन दर्ता नभएकाले बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो । अब आज सोमबार संविधानसभाका अन्य बाँकी धारा, उपधारा, प्रस्तावना र अनुसुचिहरुलाई मतदान मार्फत क्रमश परित गर्दै लैजाने संविधानसभाको तयारी रहेको छ । आइतबार दिउँसो बसेको संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताएका थिए । संिविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन् । सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएपछि मतदान शुरु भएको हो । संविधानसभामा मतदान सुरु भएपनि तराई मधेशबाट प्रतिनिधित्व गर्ने दलहरुका सभासदले भने संविधानसभा बहिस्कार गरेका छन्। ती सभासदहरुको बहिस्कार र तराई मधेशमा भइरहेको आन्दोलनको बाबजुद संविधानसभाले हिजोदेखि संविधान पारित प्रक्रिया अघि बढाएको हो। प्रमुख तीन दल संविधान जारी गर्न सहमत भएपछि आन्दोलनरत दलहरुलाई नपर्खी प्रक्रिया अघि बढाइएको हो । प्रकृया अघि बढेता पनि आन्दोलनकारी सँग वार्ता प्रयास जारी राख्ने र आन्दोलनकारीका मागलाई संविधान निर्माण प्रकृया मार्फत संवोधन गरिने संविधानसभा सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending