Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल

खबरडबली संवाददाता

काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको बताएका हुन । 

‘सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमालेले गरेको हो, नेकपा एमाले नेतृत्वको सरकारले गरेको हो’, उनले भने ।

समय क्रममा सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको उनले बताए । त्यसकै आधारमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको पौडेलले स्मरण गरेका थिए  ।

राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको पौडेलले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उनको दाबी छ । यसले नेपाली मजदुरलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाउने काम गरेको उनले बताए ।

तथापि यसलाई अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उनले विश्वास दिलाएका छन् ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली रहका छन ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending