काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् ।
उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो गरिरहेको उल्लेख गर्दै फिल्मलाई भारतको ओटीटी प्लेटफर्ममा बेचिसकेको जानकारी दिएकी छन् । साथै ढुंगानाले फिल्मलाई भारतमा थिएटर रिलिज समेत गर्ने बताएकी छन् ।
उनले भनेकी छन्'नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लटफर्ममा फिल्म बेचिसकेको छौं र केही समय पछाडि भारतमा पनि हामीले थिएटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ र केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ र पूर्ण रूपले हामी सेभ भइसकेको छौ '
अभिनेत्री ढुंगानाले आफुले दर्शकलाई यो बताउन जरुरी थियो भन्दै दर्शकहरुले हामीलाई हात समातेर अगाडि बढाइदिएको उल्लेख गरेकी छन् ।
नेपाली बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरिसकेको छ ।
फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख र बुधबार ७५ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, ...
माघ ९ गते, २०८२ - १४:५६
मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध ...
माघ ९ गते, २०८२ - १४:४८
काठमाडौं । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, ग...
माघ ९ गते, २०८२ - १४:१२
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...
माघ ९ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने...
माघ ९ गते, २०८२ - १३:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...
माघ ९ गते, २०८२ - १३:३५
बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...
माघ ९ गते, २०८२ - १२:३६
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...
माघ ९ गते, २०८२ - १२:२६
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार बेहोरेको हो ।...
माघ ९ गते, २०८२ - ११:२१
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...




प्रतिकृया लेख्नुहोस्: