Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भृकुटीमण्डपमा आजबाट ”फीन इलेक्ट्रो टेक –२०२४“ सुरु, सहरी विकासमन्त्री सिंहद्वारा उद्घाघाटन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ आज (कात्र्तिक २९ गते)बाट सुरु भएको छ । ११औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला भृकुटीमण्डपमा सञ्चालन भएको हो ।

स्वागत मन्तव्य राख्नु हुँदै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध हुने बताए । महासंघले मेला अवधिभर उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ । 

”प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम“ भन्ने नाराका साथ आयोजना यस मेलाका उद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।

मेला उद्घाटनको क्रममा मन्त्री सिंहले मेला आयोजनाको सफलताको शुभकामना दिँदै उत्पादनमा जोड दिनेलाई सरकारले महत्त्व दिनुपर्ने बताएका छन् । सरकार उत्पादनका लागि आवश्यक ऊर्जा व्यवस्था मिलाउनमा लागि रहेको छ, यो अवस्थामा महासंघले यस्तो मेला आयोजना गर्दा सरकारको लक्ष्य पूरा गर्नमा पनि मद्दत गर्ने छ,’ उनले भने ।मन्त्री सिंहले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने सरकारको प्राथमिकताको विषय रहेको बताउँदै भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल जीर्ण भएकाले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउने आफू लाग्ने पनि सिंहले बताए ।

उक्त कार्यक्रममा नेपालमा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष, प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायतको पनि सहभागिता थियो । विद्युतीय सामग्रीको कुम्भ मेलाका रूपमा हेरिएको फीन इलेक्ट्रो टेकमा गुणस्तरीय सामग्री प्रयोगलाई प्राथमिकता दिँदै आयोजना गरिएको छ ।  

यस्तै, कार्यक्रममा एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताउँदै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्ने बताए । निजी क्षेत्र देशको इन्जिन भएकाले जसबाट प्राप्त सुझाव पनि समेटेर सरकार अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

आम उपभोक्तालाई नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन भएको यो मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत खपत बढाउन आवश्यक रहेको बताए । सरकारले विद्युत उत्पादनको लक्ष्य पूरा गर्नु साथसाथै विद्युतको आन्तरिक खपत बढाउन पनि आवश्यक छ, यसको मूल्य घटाउँदै पनि जानु पर्छ, निजी क्षेत्र मार्कमा परेको विषयलाई बुझेर सरकारले यसको समाधान गर्दै जानुपर्यो,’ उनले भने ।

महासंघका अनुसार फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा प्याभिलियन तथा स्टलहरू रहने छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।

सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नु पनि हाम्रो उद्देश्य हो, उद्योगमा भएका नवीनतम उपलब्धि र उपकरणहरूको बारेमा बुझ्नको लागि मेलाले मद्दत गर्नेछ,’ उनले भने । प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ ।

यसैगरी कार्यक्रममा बोल्दै एफएनसीसीआई वस्तुगततर्फका उपाध्यक्षमा हेमराज ढकालले आयात भएर आउने सामानको अन्तःशुल्क करलाई समय सापेक्षित बनाउनु पर्ने बताए । 
कोभिडपछि भारत तथा चीनमा पनि सानको मूल्य घटी प्रतिस्पर्धा बढेको र माग संकुचन भएको अवस्था छ, यस्तो अवस्थामा नेपालले पनि पहिलाकै भन्सार दर कायम गर्नु पर्यो, केही आइटममा बिल भन्दा बढी भन्सार महसुल लगाएको बुझेको छु,’ उनले भने ।

प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहने छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । मेलाको पहिलो दिन आज ७००० यति जनाले अवलोकलन गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending