पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका छन् ।
आइतबार पोखरामा आयोजित रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति अर्यालले कार्यवाहक कसले पाउछ भन्ने विषय गौण रहेको बताउदै जिउदो रहेसम्म रास्वपाको सभापति लामिछानेनै भएको स्पष्ट गरेका हुन् ।
उनले भने(‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो । उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन ।’
सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले पार्टीको कार्यवाहक नतोकेको भन्दै सार्बजनिक रुपमा आलोचना भइरहेका बेला उपसभापति अर्यालको यस्तो धारणा बाहिर आएको हो ।
रास्वपामा उपसभापति अर्याल र डा। स्वर्णिम वाग्ले गरि दुई जना भएपनि अर्यालले नै लामिछानेको अनुपस्थितिमा कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १६:१७
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबा...
मंसिर २० गते, २०८१ - १५:५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । आज ची...
मंसिर २० गते, २०८१ - १५:५०
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। भारतको वाणिज्य तथा उद्योग म...
मंसिर २० गते, २०८१ - १५:४५
काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपि ओली स्वदेश फर्किएका छन्। १७ गते चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी ओली बिहीबार अपराह्न स्वदेश फर्...
मंसिर २० गते, २०८१ - १५:३२
काठमाडौं । पर्सा प्रहरीले भन्सार छलीको आशंकामा दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। बुधबार राति वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट दुई वटा...
मंसिर २० गते, २०८१ - १५:०२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन...
मंसिर २० गते, २०८१ - १४:५४
सियोल। दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाए...
मंसिर २० गते, २०८१ - १४:३८
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले स्याटेलाइट प्रविधिबाट खोलाको क्षेत्राधिकार हेरचाह गर्ने भएको छ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेको खो...
मंसिर २० गते, २०८१ - १४:३१
सुलीकोट। गोरखाको शहिद लखन गाउँपालिका अन्तर्गत पर्ने वडा ४ ताक्लुङदेखि गण्डकी गाउँपालिकाको १ बुटार सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ । सहिद...
मंसिर २० गते, २०८१ - १४:२०
काठमाडौं। गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएको छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय...
प्रतिकृया लेख्नुहोस्: