Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब ?

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै छ । यस निर्वाचनमा कमला ह्यारिस र वा डोनाल्ड ट्रम्प मध्ये एक राष्ट्रपति बन्ने छन् । यस निर्वाचनमा अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने कि डोनाल्ड ट्रम्पले पुनरागमन गर्ने भन्नेमा सबैको नजर रहेको छ ।

आज हुने निर्वाचनपछि नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् ।

अमेरिकामा सुशासनको लगाम कसले लिन्छ भन्ने कुरामा स्वदेश तथा विदेशका जनता उत्सुक छन् । किनभने अमेरिकी राष्ट्रपति आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि निर्णायक हुन्छन् ।

अमेरिकाका राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक मानिन्छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन् भन्ने प्रश्न धेरैलाई लाग्नु स्वभाविक हो ।

अमेरिकी राष्ट्रपतिको तलब औसत अमेरिकीको भन्दा ६ गुणा बढी रहेको छ । औसत अमेरिकीले वार्षिक ६३ हजार ७९५ डलर कमाउँछन् ।

अमेरिकाका शीर्ष धनीहरूले वार्षिक औसत ७ लाख ८८ हजार डलर कमाउँछन् तर अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हो ।

अमेरिकी राष्ट्रपतिको वार्षिक ४ लाख डलर तलब पाउँछन् । यसबाहेक राष्ट्रपतिले खर्चबापत थप ५० हजार डलर पाउँछन् ।

वाशिंगटन डीसीमा रहेको ह्वाइट हाउस संयुक्त राज्यका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ बस्नका लागि उनीहरुले आफ्नो खल्तीबाट केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्दा उनलाई एक लाख डलर दिइन्छ । यो पैसा उनीहरुले आफ्नो सुविधा अनुसार घरको सजावटमा खर्च गर्न सक्छन् ।

राष्ट्रपतिले मनोरञ्जन, कर्मचारी र भान्छाका लागि पनि वार्षिक १९ हजार डलर पाउँछन् । अमेरिकी राष्ट्रपतिको सबै स्वास्थ्य सेवाहरू निःशुल्क छन् ।

अमेरिकी राष्ट्रपतिले यात्राका लागि लिमोजिन कार, मरीन हेलिकप्टर र एयर फोर्स वन नामको हवाईजहाज पाउँछन् । राष्ट्रपतिको फ्लीटमा समावेश लिमोजिन कारहरू आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित हुन्छन् ।

राष्ट्रपतिको प्राथमिकता अनुसार लिमोजिन कारमा समय समयमा आवश्यक परिमार्जन हुँदै आएको छ । 

त्यस्तै एयर फोर्स वानको विमानसँग करिब चार हजार वर्ग फिट ठाउँ छ । यसलाई 'फ्लाइङ क्यासल' र 'फ्लाइङ ह्वाइट हाउस' पनि भनिन्छ, किनभने यो एकदमै सुरक्षित छ ।

यस विमानमा राष्ट्रपतिलाई आफ्नो दैनिक काम गर्नका लागि आवश्यक सबै सुविधा उपलब्ध गराइएको छ ।

राष्ट्रपति बाहेक एयरफोर्स वानमा करिब १०० कर्मचारीको यात्राको व्यवस्था छ । संयुक्त राज्यका राष्ट्रपतिले एन्ड्रयूज एयर फोर्स बेसबाट आफ्नो अन्तर्राष्ट्रिय उडानहरू लिने गर्दछन् ।

वाशिंगटनमा आफ्नो आधिकारिक निवासबाट एयरपोर्टसम्म, उनी मरिन वन हेलिकप्टरमा यात्रा गर्छन् ।

प्रत्येक सार्वजनिक अधिकारीले प्रत्येक वर्ष वा समय समयमा तलब वृद्धि प्राप्त गर्दछ, तर अमेरिकी राष्ट्रपतिको तलब २००१ पछि बढेको छैन । २००१ मा जर्ज डब्लु बुशले पदभार ग्रहण गरेपछि तलब बढाइएको थियो ।

जर्ज वाशिंगटन अमेरिकाको पहिलो राष्ट्रपति थिए । उनले वार्षिक २००० डलर तलब पाउथे । त्यो समय अनुसार यो ठूलो रकम थियो । यसबाहेक, वाशिंगटन आफैं एक समृद्ध किसान थिए ।

डोनाल्ड ट्रम्प, जोन एफ केनेडी र हर्बर्ट हुवर जस्ता धनी अमेरिकी राष्ट्रपतिहरूले आफ्नो वार्षिक तलब दान गरेका थिए ।

यसबाहेक अमेरिकी राष्ट्रपतिले अवकाश पछि बार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...

मिटरब्याजमा सरकारको नयाँ निर्णय : विगतका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...

गाडी आतंक मच्चाउनेको खोजी जारी, राजनीतिक संरक्षण नहुने सरकारको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...

पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर, सजाय बिहीबार तय हुने

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...

भोलिदेखि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री सुरु हुन्छ

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...

पाँच समस्याग्रस्त सहकारीका ३ हजार बचतकर्ताले आजदेखि रकम फिर्ता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि निधन

काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending