काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ । रविका समर्थकहरु यतिवेला पोखराकेन्द्रित आन्दोलनमा छन् । यद्धपी उनीहरुको आन्दोलन शान्तिपूर्ण नै छ ।
रविको आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि साथ र समर्थन रहेको छ । उनी यतिवेला पोखरामा नै रहेको र सरकारले प्रसाईंलाई पक्राउ गर्ने तयारी थालेको छ । गृह प्रशासननिकट उच्च स्रोतकाअनुसार प्रसाईंलाई तत्कालै पक्राउ गर्नेगरि तयारी थालिएको हो।
प्रसाईंमाथि सम्पत्ति शुद्धिकरण लगाउने चर्चा चलेको छ । प्रसाईंमाथि प्रहरीले झापाको बिर्तामोड गिरिबन्धु टि–स्टेट नजिक उनका समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेको र सो घट्नामा चालकको निधन भएको घट्नामा अनुसन्धान जारी राखेको छ ।
निधन भएका चालक भारतीय नागरिक हुन् । सो घटनाको आफ्नो नागरिकलाई आगो लगाएर हत्या गरिएको भन्दै भारत सरकारले पनि चासो राखेको थियो । प्रसाईं साइबर क्राइममा पक्राउ परेकै बेलामा उनका समर्थकले आन्दोलन गर्दा यस्तो घट्ना घटेको थियो ।
आगलागीबाट ट्र्कको अगाडिको भाग पुर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने बर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए । उनको सुरुमा झापामै र पछि नर्थ बंगाल मेडिकल कलेजमा उपचार गरिएको थियो । उनको उक्त मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: