Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

राष्ट्रिय लिग फुटबल भदौ २८ देखि

\"footballकाठमाडौं । लामो समयसम्म स्थगन हुँदैआएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता यसै सातादेखि राजधानी र बाहिर जिल्लामा सञ्चालन हुने भएको छ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिता यही भदौ २८ गतेदेखि पुनः सञ्चालन गरिने आयोजक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । विभिन्न नौ टोलीले भाग लिएको उक्त प्रतियोगितामा मोफसलको टोली झापा फुटबल क्लब १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने सशस्त्र प्रहरी बल ९एपिएफ० १४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यसैगरी, नेपाल आर्मी क्लब, थ्रिस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब  लिगको क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । तीनै टोलीले समान ११÷११ अङ्क जोड्दै गोलअन्तरका आधारमा ती स्थानमा रहेका हुन् । त्यस्तै, नेपाल प्रहरी क्लब सात अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ भने समान ७ अङ्क नै जोडेको सुदूरपश्चिमाञ्चल फुटबल क्लब गोलअन्तरका आधारमा सातौँ स्थानमा छ । मोरङ फुटबल क्लब आठौँ र लुम्बिनी फुटबल क्लब नवौँ स्थानमा छ । दुवै टोलीले समान ४÷४ अङ्क जोडेका छन् । प्रतियोगितामा विजेता टोलीले एक करोड हात पार्नेछ । गत माघ ७ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता प्राविधिक समस्याका कारण समयमै सञ्चालन हुन नसकेको एन्फाले जनाएको छ । राउन्ड रोबिन होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले यही भदौ २८ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ः३० बजे नेपाल प्रहरी क्लबको सामना गर्नेछ । त्यस्तै उपत्यका बाहिर भने यही भदौ ३० गते रुपन्देहीमा मोफसलका टोली लुम्बिनी फुटबल क्लब र सुदूपश्चिमाञ्चल फुटबल क्लब आमनेसामने हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending