काठमाडौं । वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन ।
त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहनेसमेत बताए । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन ।
विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए । कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए । विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन । चितवन शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनु । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताए ।
कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन । चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०६:२३
बालबालिकादेखि वृद्धसम्म, किसानदेखि कर्मचारीसम्म, मध्यम वर्गदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्म—बजेटले धेरैलाई सम्बोधन गर्यो, तर शिक्षा र स्वास्थ्
जेष्ठ १६ गते, २०८३ - ०६:२१
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्...
जेष्ठ १६ गते, २०८३ - ०६:१६
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीमाथि नयाँ करको भार थपेको छ। अब निजी अस्पतालम...
जेष्ठ १६ गते, २०८३ - ०६:१५
निजी विद्यालयको सबै शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’, अभिभावकले तिर्नुपर्ने अतिरिक्त रकम सीधै राज्यको खातामा जाने
जेष्ठ १६ गते, २०८३ - ०६:०७
खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि...
जेष्ठ १६ गते, २०८३ - ०६:०५
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति आपत्ति जनाएका छन्। बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्...
जेष्ठ १६ गते, २०८३ - ०६:०३
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१...
जेष्ठ १५ गते, २०८३ - २२:१३
“कागलाई बेल पाक्दा हर्ष न विस्मत” को पुरानै नियति
जेष्ठ १५ गते, २०८३ - २२:१२
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत महिला उद्यमशीलता, सुरक्षित सार्वजनिक यातायात, स्वास्थ्य सेवा र मातृ सुरक्षालाई प्राथमिकताम...
जेष्ठ १५ गते, २०८३ - २२:०१
काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको प्रस्तुति शैली र भाषाशैलीलाई नयाँ तथा आकर्षक ...



प्रतिकृया लेख्नुहोस्: