Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

खबरडबली संवाददाता

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि भने यो आशंका अझ बढेको छ । बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउन सक्ने र यस सम्भावित आक्रमणको बारेमा अमेरिकामा छलफल भएको बताएका छन् । बाइडेनलाई अमेरिकाले इरानको तेल केन्द्रमा इजरायली आक्रमणलाई समर्थन गर्छ ? भनेर सोधिएको थियो । तर बाइडेनले भने यसबारे छलफल गरिरहेको बताए ।

इजरायल-इरान तनावको पछिल्लो अवस्था

इरानले यो हप्ता मङ्गलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको थियो । त्यसयता दुई देशबीच तनाव बढेको छ । इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो । 

इरानको पछिल्लो मिसाइल हमलापछि इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक बंकरमा भएको थियो, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने बताएका थिए ।

जुलाईमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । इरानले यसका लागि इजरायललाई दोष दिदै आएको छ । तर, यो हत्यापछि इरानले इजरायलविरुद्ध कुनै आक्रामक कदम चालेको थिएन । त्यस पछि, यस वर्ष सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाह लेबनानमा इजरायली आक्रमणमा मारिए । यी दुवै नेतालाई इरानका समर्थक मानिन्थ्यो ।

उनको हत्यापछि इरानलाई पनि जवाफ दिन आफ्नै देशभित्रबाट दबाब परेको बताइएको छ ।  इरानले यी दुई हत्याको बदला लिन इजरायलमा मिसाइल प्रहार गरेको बताएको छ ।

बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउने तयारी गरेको छ । यी आक्रमणहरूमा इरानको महत्त्वपूर्ण तेल साइटहरूमा आक्रमणको पनि अनुमान गरिएको छ । 

मध्यपूर्वमा अहिलेको तनावका बीच यदि इरानको तेलको कुवा र भण्डारमा आक्रमण भयो भने यसको असर ठूलो मात्रामा पर्ने विश्लेषण गरिएको छ । यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्वपूर्ण धेरै सडक बन्द हुन सक्छन् । जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्ने हुनसक्छ ।  समग्रमा यसको प्रत्यक्ष असर नेपाल, भारतसहित दक्षिण एशियाका देशहरुमा ठुलो पर्ने देखिन्छ ।

विश्व तेल बजारमा इरानको महत्व

 इरान संसारको सातौं ठूलो तेल उत्पादक हो । यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ । यसको प्रमुख बजार चीन समावेश छ । तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ निकै बढेको छ । इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ । जबकि इरानसँग विश्वको दोस्रो ठूलो ग्यास भण्डार छ । 

इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ९ओपेक० मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछ । यो कुल विश्वव्यापी उत्पादनको करिब तीन प्रतिशत हो ।इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ । 

आर्थिक प्रतिबन्धका कारण चीनले हाल इरानबाट सबैभन्दा बढी तेल किन्ने गरेको विश्वास गरिन्छ भने अर्को ठुलो देश भारतले अहिले रुसबाट ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । तर इरानबाट तेल नआएमा चीनमा अन्य देशबाट यसको माग बढ्छ र यसले तेलको मूल्यमा असर पार्छ ।

हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ । यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ ।

'ब्रेन्ट क्रूड' तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो । यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल आधारमा दिएको बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ । ‘ब्रेन्ट क्रुड’का अनुसार सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको छ । यद्यपि यो यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ...

हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निष्कासित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको निर्णयविपरीत सिन्धुली–२ ...

भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिमा आधारित तथ्य चाहिन्छ: बालेन शाह

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...

अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending