Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

किन प्रक्रिया रोक्न खोजिरहेछ एमाओवादी ?

\"prachanda_baburam_narayankaji\"काठमाडौं । संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी प्रक्रियालाई केही दिन लम्ब्याएर आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेको छ । आफ्ना पार्टीका थारु तथा मधेशका नेताहरुसँग लगातार छलफलपछि  यस्तो निष्कर्ष निकालेको हो । प्रक्रियालाई अगाडि बढाउने की केही समय रोकेर आन्दोलनरत असन्तुष्ट दललाई समेटेर संविधान निर्माणमा अघि बढ्ने भन्ने विषयमा पार्टीका तिन नेताहरुले गम्भिर बहस गरेपछि अन्ततः एमाओवादीले केही दिन प्रक्रिया लम्ब्याएर भए पनि असन्तुष्टलाई सहमतिमा ल्याई संविधानसभाबाट संविधान ल्याउनु नै उत्तम विकल्प भएको निष्कर्ष निकालेको हो ।   सोही मुताविक नेपाली कांग्रेस र एमालेसँग एमाओवादीले बुधबारै आफ्नो प्रस्ताव राखेको छ । उसले दुवै दलसँग केही दिन प्रक्रियालाई लम्ब्याएर असहमत पक्षसँग वार्ता र संवाद बढाउन भनेपनि कांग्रेस/एमाले तयार भएको देखिदैन । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दा एमाओवादीका मुद्धा हुन् । अहिले ति मुद्धा छाडेको र उनै मुद्धामा अरु हावी हुने अवस्था देखिएकोले पनि एमाओवादी ती मुद्दाहरु सम्बोधन होओस् भन्ने चाहन्छ । थारु, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक पछाडि परेका जातिहरुको मुद्दा उठान आफैंले गरेको तर, अहिले उनीहरु सडकमा आइरहेको बेला दुई तिहाईले पेल्दा आफ्नै मुद्धाहरुमाथि बल प्रयोग गर्नु उचित नहुने एमाओवादी बुझाई छ । त्यसैले संविधानसभाबाट कुनै पनि हालतमा संविधान ल्याएरै छाड्ने संकल्प गर्दै तीन शीर्ष नेताले बिहीबार प्रक्रिया लम्ब्याउने र असन्तुष्टसंग वार्ता गर्ने विषयमा प्रमुख तीनदलबीच छलफल गर्ने निर्णय गरेका थिए । एमाओवादी नेता डा. बाबुराम भट्टराईले यत्तिका समय गुज्रेको भन्दै अब दुई चार दिन छलफल नै नगरी असन्तुष्टलाई पेलेर जान नहुने  बताए । ‘संविधानसभा दुई चार दिन रोक्नु ठूलो कुरा होइन’ भट्टराईले भने, ‘आन्दोलनकारी शक्तिको माग पनि सम्बोधन गरेर जानुपर्छ ।’ अहिलेकै अवस्थामा संविधान जारी गरिए संविधान लागू हुनै गाह्रो रहेको एमाओवादी बुझाई छ । माओवादीको बैठकमा अहिले थारु र मधेसीले उठाएका मुद्दा आफ्नै मुद्दा भएकोले तराईमा उनीहरु असन्तुष्ट बन्दै आन्दोलनमा उत्रिएका बेला दुई तिहाईले पेलेर जान नहुने विषयमा छफल भएको थियो । पेलेर जाँदा संविधान नै लागू नहुने र तीन दलको नेतृत्वमाथि दबाब पर्ने विषयमा समीक्षा भएपछि माओवादी अन्ततः यस्तो निर्णयमा पुगेको हो । तीन दलभित्र पनि मधेसी, आदिवासी जनजातिका सभासद्हरु वार्ता प्रक्रिया नै अघि नबढ्दा असन्तुष्ट भइरहेको बेला भोटिङमा गए उनीहरुले फ्लोर क्रम गर्ने सम्मको अवस्था आउने सक्ने भय पनि उत्तिकै छ । भोटिङमा कांग्रेस, एमाले, एमाओवादीका मधेसी, जनजाति केही सभासद्ले विपक्षमा भोटिङ गरिदिए भने दुई तिहाई पुर्याएर संविधान पास गर्ने तयारी नै अलपत्र पर्न सक्छ । त्यसैले पनि जोखिम मोल्दा संविधान नै पास नहुने र पास भइहाले मधेसी आन्दोलनको राप र तापमा संविधान जारी भए पनि लागू गर्न कठिनाई हुनेमा माओवादी नेतृत्व ‘कन्भिन्स’ भएको हो । त्यसैले प्रक्रिया केही दिन लम्ब्याएर असन्तुष्टका जायज मागमा कांग्रेस र एमालेलाई सहमत गराउने र नमाने अवस्था अाए र केही नलागेमात्रै संविधान निर्माणमा सहभागी हुनेसम्मको सोचमा एमाओवादी नेतृत्व पुगेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending