Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बैतडीमा पहिरोबाट निस्किए चमकदार ढुङ्गा

खबरडबली संवाददाता

बैतडी। पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् । आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ । पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो ? भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ । 

पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेको छ । पहिरोले ४० परिवारको घरखेत बगाइसकेको छ । त्यसयता निरन्तर पहिरो खस्दा ९५ परिवार जोखिममा छन् । पहिराले दुई वटा पहाड नै तहसनहस बनाएको छ । गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो । यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताए । 

पहिरोले स्थानीय डणपुर, लामुनी, चिमडा, टुणेत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोटलगायत गाउँ जोखिममा छन् । खानेपानीको मुहान पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ । दुई वटा नहर बगाउँदा खेत बाँझै छ । पहिरोका कारण स्थानीय केदार मन्दिरसमेत जोखिममा परेको स्थानीय हरिश साउदले बताए । 

यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ । यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन् । भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ ।  

लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयले बताएका छन् । 

भूगर्भविद्ले पहिरोको अनुसन्धान गर्ने हो भने कमरेपानीको पहिरोमा बहुमूल्य धातु वा पत्थर फेला पर्न सक्ने स्थानीयको भनाइ छ । कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिए पनि त्यसमा फिँज आउने गरेको छ ।        

पहिरो खस्दा दुर्गन्ध आउने, पानीमा फिँज तस्तो पदार्थ देखिने र अहिले चमकदार डल्लो फेला परेको विषयमा नास्टका वैज्ञानिक डा। भोजराज पन्तले खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्ने बताउनुभयो । खानी नै पत्ता लागेको खण्डमा पहिरोले निम्त्याएको दुर्भाग्य भोलि सौभाग्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending