Khabar Dabali १२ माघ २०८२ आईतवार | 25th January, 2026 Sun
Investment bank

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबिच भेटवार्ता

खबरडबली संवाददाता

वासिङटन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबिच दशकौँदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटको आदानप्रदानले थप मजबुत बनाउन सहयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

सो अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गरेकी थिइन् । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरुको छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबिच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबिच विगत वर्षहरुमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन् । उनले  नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् । 

मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तररुपमा प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

हालै काठमाडौँमा दुई देशबिच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकामा उनले खुसी व्यक्त गरिन् । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गाालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको उल्लेख गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...

एमालेको राष्ट्रवादी छवि देखेर एमालेमा आएँ : अग्रवाल

काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको ...

आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने भन्ने विषयमा अझै स्पष्ट छैन: ओली

विमानस्थलमा मलाई सुन तस्करलाई जस्तो चेकिङ गरेर हैरान पारियो

सरकारले निर्वाचनमा जान अनुकूल वातावरण बनाएन: विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जान अनुकूल वातावरण नबनाएको आरोप लग...

महिला टी-२० विश्वकप : पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा जिम्बाबेलालाई ६ विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको छ। शनिबार त्...

उपल्लो मुस्ताङमा दोस्रोपटक हिमपात

मुक्तिनाथ। उपल्लो मुस्ताङमा शनिबार विहानदेखि यस सिजनको दोस्रो पटक हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती ...

हिमपातसँगै मुगुको जनजीवन प्रभावित

मुगु। चिसो बढेसँगै जिल्लाको विभित्र ठाउँमा हिमपात सुरु भएको छ । शुक्रबार रातिदेखि नै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको...

बालेन शाहले मधेशी श्रमिक र फुटपाथ व्यवसायीलाई काठमाडौंबाट लखेटे: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पूर्व काठमाडौं मेयर र हाल रास्वपा नेता बालेन शाहमाथि मधेशी श्रमिक, साना व्याप...

नयाँ दलप्रति ओलीको टिप्पणी: भोलि कहाँ जाने केही थाहा छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे केही पनि निश्चित नभएको टिप्पणी गरेका छन्। शनिबार पार्टी मुख्या...

रास्वपासँग कुनै पदको बार्गेनिङ गरिन: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending