काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बसेको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।
यसअघि बाँकी १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।
यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृतरअस्वीकृत गर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।
आज बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए। दुई तिहाइका लागि समितिमा १० जना सदस्य अनिवार्य उपस्थिति हुनुपर्छ । उनले आजको बैठक स्थगित भएको र मङ्गलवार बिहान ९ बजे बस्ने जानकारी दिए।
सभापति न्यौपानेले भन्नुभयो, ‘‘आज सुनुवाइ समितिको बैठक स्थगित गरिएको छ । भोलि ९ बजे बस्नेछ । केही थप कागजातहरू पनि हामीलाई आवश्यकता भएको र थप छलफल पनि आवश्यक भएकाले समितिका सबै मान्य सदस्यहरुज्युहरुले भने ।’’
गत बैठकमा समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । जसमा हालसम्म पनि भट्टराईले सर्टिफिकेट नदिएको बैठकमा उपस्थित एक सांसदले बताए । सरकारले राजदूतमा सिफारिस गरेको भोलि ९मङ्गलबार० ४५ दिन पुग्ने भएकाले भोलि नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १५:५२
म्याग्दी। पहिरोको जोखिमका कारण शनिबार राती देखि बेनी-दरबाङ र बेनी-जोमसोम सडकमा सवारीसाधन सञ्चालनमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले रोक लगाएको छ । प...
श्रावण २ गते, २०८३ - १५:४३
काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले बल प्रयोग गरी हटाएको ...
श्रावण २ गते, २०८३ - १५:३४
बिर्तामोड। झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शुक्रब...
श्रावण २ गते, २०८३ - १४:३४
तनहुँ । तनहुँमा शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा २५ जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएक...
श्रावण २ गते, २०८३ - १४:२७
काठमाडौँ। यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना राहत कोषलाई बलियो बनाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर एक ...
श्रावण २ गते, २०८३ - १४:१६
मकवानपुर । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बा...
श्रावण २ गते, २०८३ - १४:०५
काठमाडौँ। पूर्वमन्त्री, नागरिक अगुवा तथा लेखक डा। देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार निधन भएका डा.पाण्डे नेपालको लोकतान्त...
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...



प्रतिकृया लेख्नुहोस्: