Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

खबरडबली संवाददाता

पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ।

अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरू लालायित हुन्छन्। पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन्। कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ। किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ।

विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले शिकार भइरहेकामा जानकारहरूले भने चासो व्यक्त गरेका छन्। प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारूलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका रहेको बताए।

‘पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका हुन्छ, बारूला र अरिङ्गालले बोटबिरूवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छ,’ उनले भने, ‘प्रकृतिलाई सन्तुलित बनाउने किरा-फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ।’

व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहे पनि घातक ढङ्गले शिकार गरेमा भने अरिङ्गाल हराउँदै जानसक्ने उनको भनाइ छ। डा सुवेदीले वासस्थानमा वाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताए।

‘अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरूमा भयसँगै नकारात्मक धारणा व्याप्त छ,’ उनले भने, ‘असुरक्षा महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ।’

डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन-अनुसन्धान बारूला, अरिङ्गालगायत किरामा हुन नसेकेको बताए। प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ।

डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानूनविपरीत हुने बताए। त्यस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन -२०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ।

‘झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्यजस्तो पनि लाग्न सक्छ तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रूखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन,’उनले भने। त्यस्तो गर्दा कतिपय ठाउँमा रूखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ।

प्रमुख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरूले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताए।

‘तत्काललाई कानूनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरूमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको शिकार गर्नुहुँदैन।’ कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए।

उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रूख र भीरमा बस्ने अरिङ्गाले बोटबिरूवामा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन्,’ उनले भने।

प्रायः अग्ला रूख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पाती आदिका रूखमा बस्न बढी रूचाउने प्रमुख काफ्लेले बताए।

चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उनले सुनाए। विश्वभर किटपतङ्गको घट्दो अवस्थाका कारण वनस्पतिजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ।

अग्ला रूख, वनस्पति तथा स्थानहरूमा अरिङ्गाल, बारूलालगायत परागसेचनको मुख्य माध्यमका रूपमा रहेको प्रमुख काफ्लेले बताए। पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

‘सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरू खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ,’उनले भने,‘किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरूवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन।’ अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उनले सुझाए।

शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले  अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए।  अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाए।

‘अरिङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रूपमा शिकार गर्ने गरिएको छ,’उनले भने,‘आगो लगाएर बोटबिरूवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ।’

वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरूको पनि प्राथमिकता नपरेको उल्लेख गरे।

नेपालमा अरिङ्गाल र बारूलाका ११ प्रजाति रहेको बताइन्छ। यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन्।

अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरू बताउँछन्। फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क हुनु अरिङ्गालको जीवनचक्र हो।

अरिङ्गालले मौरी, झिङ्गा आदि किरालाई आहार बनाउने गरेको छ। पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending