Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

खबरडबली संवाददाता

पोखरा । गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ।

अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरू लालायित हुन्छन्। पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन्। कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ। किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ।

विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले शिकार भइरहेकामा जानकारहरूले भने चासो व्यक्त गरेका छन्। प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उप-प्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारूलालगायत किराको परागसेचनमा महत्वपूर्ण भूमिका रहेको बताए।

‘पर्यावरणीय चक्रमा पनि किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका हुन्छ, बारूला र अरिङ्गालले बोटबिरूवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छ,’ उनले भने, ‘प्रकृतिलाई सन्तुलित बनाउने किरा-फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ।’

व्यवस्थित शिकार गर्दैमा लोप नै हुने खतरा नरहे पनि घातक ढङ्गले शिकार गरेमा भने अरिङ्गाल हराउँदै जानसक्ने उनको भनाइ छ। डा सुवेदीले वासस्थानमा वाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताए।

‘अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरूमा भयसँगै नकारात्मक धारणा व्याप्त छ,’ उनले भने, ‘असुरक्षा महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ।’

डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन-अनुसन्धान बारूला, अरिङ्गालगायत किरामा हुन नसेकेको बताए। प्राकृतिक या मानवीय कारणबाट किराफट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ।

डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानूनविपरीत हुने बताए। त्यस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन -२०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ।

‘झट्ट सुन्दा किराफट्याङ्ग्राको विषय सामान्यजस्तो पनि लाग्न सक्छ तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रूखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन,’उनले भने। त्यस्तो गर्दा कतिपय ठाउँमा रूखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ।

प्रमुख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरूले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताए।

‘तत्काललाई कानूनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरूमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको शिकार गर्नुहुँदैन।’ कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए।

उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रूख र भीरमा बस्ने अरिङ्गाले बोटबिरूवामा परागसेचन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

‘अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन्,’ उनले भने।

प्रायः अग्ला रूख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नास्पाती आदिका रूखमा बस्न बढी रूचाउने प्रमुख काफ्लेले बताए।

चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उनले सुनाए। विश्वभर किटपतङ्गको घट्दो अवस्थाका कारण वनस्पतिजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ।

अग्ला रूख, वनस्पति तथा स्थानहरूमा अरिङ्गाल, बारूलालगायत परागसेचनको मुख्य माध्यमका रूपमा रहेको प्रमुख काफ्लेले बताए। पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा किराफट्याङ्ग्राले महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

‘सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरू खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ,’उनले भने,‘किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरूवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन।’ अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको किरालाई जभाभावी नजिस्काउन र शिकार नगर्न उनले सुझाए।

शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले  अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए।  अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाए।

‘अरिङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रूपमा शिकार गर्ने गरिएको छ,’उनले भने,‘आगो लगाएर बोटबिरूवामै हानी पुग्ने गरी अरिङ्गालको शिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ।’

वन क्षेत्रका महत्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरूको पनि प्राथमिकता नपरेको उल्लेख गरे।

नेपालमा अरिङ्गाल र बारूलाका ११ प्रजाति रहेको बताइन्छ। यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन्।

अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरू बताउँछन्। फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क हुनु अरिङ्गालको जीवनचक्र हो।

अरिङ्गालले मौरी, झिङ्गा आदि किरालाई आहार बनाउने गरेको छ। पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending