डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।
वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।
प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताए । ‘एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर सुरु गर्यौं’, उनले भने ।
अनलाइनका माध्यमबाट एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेको उनले बताए । दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ ।
एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिए । उनले भने, ‘अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।’
उनीहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाएका छन् । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।
कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताए । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
‘हामीले खेती गरेको वरपरको ३०–३५ रोपनी जमिन खाली नै छ, त्यो जमिनवालाले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो कारोबार भएमा अर्को वर्ष ५० रोपनीभन्दा बढी जमिनमा खेती विस्तारको योजना छ’, द्वारियाले भने ।
बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए ।
जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: