Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

खबरडबली संवाददाता

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाहरुले स्वविवेकले छनोट गर्न सुझाए ।

उनले नेपाली युवाहरुका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरुका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए । ‘विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ । आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन् । आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन । यद्यपी, पछिल्लो समय क्यानाडा धेरै नेपालीहरुको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुइमत छैन,’ उनले भने ।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रवन्ध निर्देशक धिरज कंडेलले क्यानाडा अध्ययनका लागि धेरै नेपाली युवाहरुको रोजाइमा रहेको बताए । उनले क्यानाडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देश वाहिर आएपनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए । कार्यक्रममा २५ बढी लोकप्रिय कलेज र विश्वविद्यालयहरुले परामर्श सेवा उपलब्ध गराएका थिए । उक्त अवसरमा कलेज वा विश्वविद्यालयका प्रतिनिधिहरुले सयौं विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

इलामकाे माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...

आजको तरकारी बजारमा मूल्य स्थिर, केही वस्तुमा भारी उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...

सरकारकाे २१ खर्ब २४ अर्बको घाटा बजेट, करदेखि खर्चसम्म व्यापक हेरफेर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

  काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  गएराति भारतीय ...

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending