जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताए ।
उनले यस बीचमा धेरै राम्रा उपलब्धिहरू भएका पनि बताए । मौलिक अधिकारहरू स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनले समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरू गर्न बाँकी रहेको बताए । संविधानको परिकल्पनाअनुसार समतामूलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको बताए ।
उनले भने ‘संविधानको कार्यान्वयन गर्दै हामीले करिब ९ वर्ष बिताएका छौँ । एकातिर असाध्यै राम्रा उपलब्धिहरू पनि भएका छन् । संसारका थोरै देशहरू होलान्, जसले संविधान जारी भएको तेस्रो वर्षमै संघीयताका तीन वटै सेटअपहरु निर्माण गरेर तीनै तहका सरकारहरू स्मोथ्ली चलाएको संसारका धेरै देशहरूमा त्यस्तो देखिँदैन । मौलिक अधिकारहरू स्थापित भएका छन् । द्वन्द्व अन्त्य भएर मूलतः मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ की, संविधानले जस्तो खालको समाजको समतामूलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरू गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो । त्यो अस्थिरताका विभिन्न कारणमध्ये एउटा संविधानका केही व्यवस्थामा समेत अस्थिरता रहेको कारणले अहिले दुई दल मिलेर हामीले अनुभवका आधारमा संविधान संशोधन राजनीतिक स्थायित्वलाई दह्रो बनाउने कुरा गरिरहेका छौँ ।’
उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताए । उनले संघ सरकारबाट बन्नुपर्ने केही कानुनहरू नबन्दा प्रदेशले पूर्ण रूपमा अधिकार प्रयोग गर्न नपाएको बताए । काठमाडौँमा पानी पर्दा जनकपुरमा छाता ओढ्नुपर्ने राजनीतिक परिवेश बनाउन नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ००:०८
काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...
फाल्गुन २२ गते, २०८२ - २३:४२
धनकुटा। धनकुटामा जारी मतगणनामा नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...
फाल्गुन २२ गते, २०८२ - २३:२५
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...
फाल्गुन २२ गते, २०८२ - २३:०७
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...
फाल्गुन २२ गते, २०८२ - २३:००
ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...



प्रतिकृया लेख्नुहोस्: