काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
“हामीले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं”, अध्यक्ष दाहालले भने, “तर देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्याङ्कन भएन । देश र जनता हितका खातिर सङ्कल्प गर्नुको नै सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”
सहिद रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरूले क्रान्तिकारीहरूलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनले बताए ।
सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै अध्यक्ष दाहालले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिङ्गो पार्टीपङ्क्तिमा बलिदानीभाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: