बागलुङ । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका छन्।
‘गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्,’ उनले भने।
विसं २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको थियो।
त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित भयो। गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाको गुनासो गरेका थिए।
तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले एक/एक प्याकेट अकबरे खुर्सानीको बीउ दिए।
कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ।
‘गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिँदैन, करेलो र घिरौँलो लगाउँ भने, मैले मानिन, अकबरे खुर्सानीको भविष्य देखेको थिएँ, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो,’ उनले भने, ‘अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु।’
त्यही एक प्याकेट खुर्सानीको बीउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गरेका छन्।
अन्य पाँच रोपनीमा झिलिङ्गो (सिल्टुङ्ग), सिमी, काँक्रो, करेला, भेन्टा र सागसँगै तरकारीखेती पनि गर्नुभएको छ। विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारी अहिले बर्सेनि २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताउँछिन्।
विसं २०७५ मा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उनले बताइन्।
पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा बिक्री हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो।
केही वर्षयता कोसेलीका रुपमा आफन्त, इष्टमित्रलाई जापान, कोरिया, पोर्चुगल र अमेरिका पठाउने बढ्न थाले। विसं २०७९ देखि भने लालकुमारीले व्यावसायिक रुपमै आफूले उत्पादन गरेको खुर्सानी दुबई पठाउन थालेका छन्।
पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि बिक्री गर्ने गरेको भए पनि आजभोलि हरियो हुँदै बिक्री हुने गरेको उनको भनाइ छ।
प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले गाउँबाटै बिक्री हुने गरेको उनको भनाइ छ। खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताइन्।
खुर्सानीबाहेक अन्य तरकारी बिक्री गरेको आम्दानी छुट्टै छ। कादेश कृषि तथा पशुपालन सहकारी संस्थाको अध्यक्षसमेत रहेकी लालकुमारीले सहकारीमा आबद्ध भएकालाई खुर्सानी उत्पादनमा जोडेर बिक्रीवितरणमा सहजीकरण गर्ने तयारी गरेको बताए।
स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषिसम्बन्धी कार्यक्रम र कार्यालयबाट आफूलाई धेरै सहयोग प्राप्त हुने गरेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: