Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

अमेरिकाको एउटा कदमले भारतलाई ४२ अर्बको झट्का, के हो मामिला ?

खबरडबली संवाददाता

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाले भारतबाट सबैभन्दा बढी झिँगे माछा आयात गथ्र्यो। तर, सन् २०१९ मा समुद्रबाट जंगली झिंगे माछा आयातमा प्रतिबन्ध लगाएको थियो।

भारतमा माछा मार्ने विधिका कारण सामुद्रिक कछुवा जालमा परेर घाइते भएको अमेरिकाको तर्क थियो। अमेरिकाको यो कदमका कारण भारतले विगत ५ वर्षमा ५० करोड डलर अर्थात् करिब भारु ४१ अर्ब ९७ करोडको नोक्सानी व्यहोरेको छ।

एक प्रतिवेदनअनुसार भारतले अमेरिकाको आवश्यकताअनुरुप माछा मार्ने तरिका परिवर्तन गरिरहेको छ। यसका लागि अमेरिकाको नेसनल ओसिनिक एनड एटमोस्फेरिक एडमिनिस्ट्रेसनले एउटा डिजाइन स्वीकृत गरेको छ।

प्रतिवेदनका अनुसार माछा मार्ने डुंगामा टर्टल एक्सक्लुडर डिभाइस ९टीईडी० जडान गरिनेछ। यसले समुद्री कछुवाहरुलाई जालमा फस्नबाट जोगाउनेछ। अब यो यन्त्रको प्रयोगलाई देशभर प्रवर्द्धन गर्ने भारत सरकारले तयारी गरिरहेको छ। यसका लागि भारतभरका माछा मार्नेलाई तालिम दिने धेरै व्यक्ति तयार भएका छन्।

प्रतिवेदनले भारतमा ह्वेल, डल्फिन र अन्य सामुद्रिक जीवको संरक्षणका लागि नियामक कार्यक्रम बनाउनुपर्ने जनाएको छ। यदि यसो गरिएन भने भविष्यमा अमेरिकाले समुद्रबाट समातिएका सबै उत्पादनको आयातमा प्रतिबन्ध लगाउन सक्छ।

अमेरिकाले भारतबाट सबैभन्दा बढी झिंगे माछा आयात गर्थ्यो। सरकारी तथ्यांकअनुसार अमेरिकाले सन् २०२३–२४ मा भारतबाट २ लाख ९७ हजार ५७१ मेट्रिक टन फ्रिज गरिएको झिंगे माछा आयात गरेको थियो। यस अवधिमा भारतको सिफुडको निर्यात अहिलेसम्मकै उच्च पुगेको हो।

अमेरिकापछि चीन, युरोपेली संघ, दक्षिण–पूर्वी एसिया, जापान र मध्यपूर्व भारतीय सिफुडका लागि सबैभन्दा ठूलो बजार हो। –एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटी बजारमा आजको तरकारी र फलफूलको थोक मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...

२४ वर्षपछि हेटौँडा कपडा उद्योगमा फेरि चहलपहल, दुई महिनाभित्र परीक्षण उत्पादन

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...

पदबहालीसँगै काउन्सिल अध्यक्ष श्रेष्ठको घोषणा : एआई निर्देशिका बन्छ, प्रेस स्वतन्त्रता प्राथमिकतामा

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...

बर्डफ्लुले कुखुरा संकटमा, खसी–राँगा–माछामा मनपरी मूल्य

काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...

नारायणगढ–मुग्लिनमा पहिरो पन्छिँदै, हेटौँडाबाट काठमाडौंतर्फ सवारी सञ्चालन सुरु

काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...

सुनसरीमा विद्युत् कार्यालयको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...

सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाखको चेक बाउन्स : कीर्ते, बैंक र अनुसन्धानमाथि उठे गम्भीर प्रश्न

काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...

काठमाडौंबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी बसपार्कमै रोकिए

काठमाडौं । अविरल वर्षा र विभिन्न राजमार्गमा पहिरो खसेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा लामो दूरीका सवारीसाधनको आवागमन रोकिएको छ। जोखि...

बस्ती जोगाउन तीन करोडको तटबन्ध, हेंवा किनारका स्थानीयलाई राहत

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा रहेको हेंवा खोलाको माझीटार क्षेत्रमा बाढी र कटानबाट जोखिममा परेको बस्ती जोगाउन तटबन्ध ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending