काठमाडौं । युक्रेनले सोमबार रसियामा धेरै ड्रोन आक्रमण गरेको छ । यसले क्षेत्रका दुई ठूला सहरका धेरै घरमा क्षति पुर्याएको छ भने एक महिला घाइते भएकी छन् ।
रुसी मिडियाले युक्रेनी ड्रोनले रुसको एंगेल्स सहरमा रहेको एयरबेसलाई निशाना बनाएको जानकारी दिएको छ । रुसको वायु रक्षा प्रणालीले उनीहरुलाई रोक्न खोजेको थियो । यसैबीच, एउटा ड्रोन साराटोभको एउटा अग्लो भवनमा ठोक्कियो भने अर्को एंगेल्सको एउटा भवनको छतमा ठोक्कियो। भवनको भग्नावशेषका कारण धेरै सवारी साधनमा क्षति पुगेको छ ।
बीबीसी रुसी सेवाका अनुसार टेलिग्राम च्यानल म्यासमा एउटा भिडियो सार्वजनिक गरिएको छ । जसमा ड्रोन ३७ तले आवासीय भवनमा ठोक्किएको र त्यसमा विस्फोट भएको देख्न सकिन्छ । धेरै च्यानलहरूले जारी गरेका तस्विरहरूले यस भवनको तीन तलाका झ्यालहरू आक्रमणबाट क्षतिग्रस्त भएको देखाउँछन्। हाल कसैको मृत्युको बारेमा कुनै जानकारी आएको छैन।
क्षतिग्रस्त सवारी साधन र घरको छानाको भिडियो पनि टेलिग्राम च्यानल म्यासमा सार्वजनिक गरिएको छ । त्यहाँ दुईवटा ड्रोन मात्र थिए वा बढी थिए भन्ने थाहा छैन। तर, साराटोभ क्षेत्रका गभर्नर रोमन बुसार्गिनले घटनाको पुष्टि गरेका छन्।
बसर्गिनले भने, “एउटी महिलालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलमा अन्य मानिसहरूलाई सहयोग भइरहेको छ।” रुसको रक्षा मन्त्रालयले हिजो राति र आज बिहान देशका विभिन्न क्षेत्रमा २० युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।
मन्त्रालयले साराटोभ क्षेत्रमा नौ ड्रोन, कुर्स्क क्षेत्रमा तीन, ब्रायनस्क, बेल्गोरोड र तुला क्षेत्रमा दुई(दुई र ओरियोल र र्याजान क्षेत्रमा एक(एक ड्रोन खसालेको बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एंगेल्समाथि भएको आक्रमणमा थप सात ड्रोन पनि संलग्न थिए । उनीहरुलाई गोली हानेपछि भग्नावशेष कहाँ खसेको र के के क्षति भयो भन्ने बारे केही जानकारी आएको छैन ।
पछि रुसले पनि युक्रेनमा मिसाइल आक्रमण गरेको थियो । कीभ, लुत्स्क र पोल्टावा क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: