काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरिसकेको बताएका छन् । आज बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समिति बैठकले खारेज गरेको बताएका हुन् ।
उनले मिडिया ट्रायल नगर्न नेताहरुलाई सचेत गराएका छन् । उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै पार्टी फुटको हल्ला चलेको थियो । शर्माले साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा पार्टी हेडक्वाटरबाटै त्यस्तो हल्ला चलाइएको भन्दै प्रतिवाद गरेका थिए । १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै शर्माले अब पार्टीको नेतृत्व प्रचण्डले छाड्नुपर्ने भनेपछि यसमा बहस तीव्र बनेको छ ।
अध्यक्ष प्रचण्डले आफूहरुबीच बीच फरक मत नभई एकमत गर्ने कोसिस हुने बताए । उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी पनि दिए ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि पूर्वतयारी स्वरूप हरेक प्रदेशमा परामर्श समितिको बैठक बस्ने निर्णय साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले गरेको थियोे । सोही निर्णय अनुसार आजदेखि बागमती प्रदेशको बैठक बसेको हो । बैठक आज र भोलि दुई दिनसम्म चल्ने छ ।
बैठकको सुरुमा प्रचण्डले बैठकमा भएका छलफल र बहस बाहिर मिडियामा नलैजान नेताहरुलाई सचेत गराएका थिए । ‘मिडिया ट्रायल हामी कसैले नगरौं,’ प्रचण्डले भने । १२२ वटा पालिका माओवादी केन्द्रको नेतृत्वमा रहेको भन्दै उनले त्यहाँ जनअपेक्षा अनुसारका काम गरेर देखाउने बताए । उनले सरकारभन्दा सडक र सदनको मोर्चा अब प्रमुख हुने पनि बताए ।
नयाँ जनवादी क्रान्ति आफूहरुले भनेजसरी सम्पन्न नभए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक संसदबाट पास हुनु खुसीको कुरा भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: