Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

लेक लागेर २१ जनाको मृत्यु

खबरडबली संवाददाता

गण्डकी। पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०/८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक हुन् । 

“अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्”, उनले भन्नुभयो, “हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।” लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्कनुपर्ने उहाँको भनाइ छ । लेक लागेका पर्यटकलाई हेलिकप्टरबाटसमेत उद्धार गरेर बचाइएको उनले बताए । आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न सुरु गरेको प्रमुख डा कडरियाको भनाइ छ । 

उक्त वर्ष पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको आयोजना कार्यालयले जनाएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिनुभयो । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको उनको भनाइ छ । 

“लामो दुरीको पदयात्रामा निक्कँदा एक्लै जानुहुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भने, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।” अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । 

आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । प्रमुख डा कडरियाले अघिल्लो आव २०७९र८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताउनुभयो । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय दस पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । 

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending