गोरखा । पालुङटार नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारीहरूको अनुगमन तथा अध्ययन प्रक्रिया अगाडि बढाएको छ । महालेखाको ६० औँ प्रतिवेदनले 'मिल्क करिडोर'का नाममा बाँडिएको अनुदानमा प्रश्न उठाएपछि नगरपालिकाले अनुगमन गरेको हो ।
महालेखाको प्रतिवेदन अनुसार पालिकाभित्र सञ्चालित धेरै सहकारीले अनुदानका नाममा रकम लगेको तथा विना योजना तथा सहकारीकै नेतृत्वले अपचलन गरेको तथ्य सार्वजनिक गरेपछि नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सहकारीको अध्ययन गरेको हो ।
महालेखाको प्रतिवेदनमा मिल्क करिडोरका नाममा आर्थिक वर्ष २०७६ ज्येष्ठ २० मा ४५ लाख ६८ हजार ऋण लगानी गरेकोमा १० लाख साँवा फिर्ता भएको उल्लेख गरेको छ । सम्झौता अनुसार सम्झौताको एक महिनापछि मासिक २ लाख ३९ हजारका दरले साँवा फिर्ता गर्ने र वार्षिक २ प्रतिशतले हुने ब्याज जोडी भुक्तानी गर्ने उल्लेख थियो ।
तर, लाकाङ्ककाली कृषि सहकारी संस्था लिमिटेडले समयभित्र साँवा तथा व्याजसमेत फिर्ता नगरेको उल्लेख गरेको छ । सम्झौता अनुसार साँवा तथा व्याज समयमा नै नबुझाएमा नियमावलीको नियम १७ ९८० मा थप २ प्रतिशत व्याज लिने उल्लेख गरेको छ ।सम्झौताअनुसार समयमा साँवा नबुझाएको ३५ लाख लाख ६८ हजारको आर्थिक वार्षिक २०७९र८० को २ प्रतिशत व्याज तथा २ प्रतिशत जरिवाना बापतको १ लाख ४२ हजार भन्दा बढी असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्ने महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ ।
५८ वटा सहकारी दर्ता, १० खारेज योग्य
नगरपालिकाका अनुसार ५८ सहकारीहरू दर्ता भए पनि हाल ४८ वटा मात्र सक्रिय अवस्थामा रहेका छन्। त्यसमध्ये १० वटा सहकारी खारेजी योग्य रहेका छन् । नगरपालिका सहकारी ऐन २०७५ मा रहेको प्रावधान अनुरूप कार्य नगरेको र दुई वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण, साधारण सभा नगरेको र नियमित रूपमा कार्यालय सञ्चालन भएको समेत नदेखिएकाले ती संस्थाहरूको दर्ता खारेजीमा पर्न सक्छ ।
सहकारीहरूको सञ्चालनको स्वीकृति, अनुगमन, सामाजिक लेखा परीक्षण, खारेजीसम्मको अधिकारी स्थानीय तहको एकल अधिकार क्षेत्र भित्र पर्छ । राष्ट्रियरूपमा नै सहकारीहरूमा विभिन्न समस्याहरू देखा परेपछि नगरपालिकाले आफ्नो मातहत रहेका सहकारीहरूको बस्तुगत अवस्था यकिन गर्नका निमित्त यो प्रक्रिया अगाडि बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।
उनका अनुसार ४८ वटा सहकारीमध्ये २३ वटाको अध्ययन गरिसकिएको र बाँकी रहेका अरू सहकारीको पनि कागजपत्र झिकाएर अध्ययन गरिरहेको बताए । सबै कागजपत्र अध्ययन पश्चात् सहकारीलाई कसरी व्यवस्थित गरी सञ्चालन गर्न सकिन्छ, त्यसको सुझावसहितको प्रतिवेदनका आधारमा तालिम, सञ्चालन विधि तथा अन्य विषयमा नगरपालिकाले सहजीकरण गरी निरन्तर सञ्चालन गर्ने प्रोत्साहन गर्न नीति लिएको बताए ।
समाचार स्रोतका अनुसार पालुङटारमा सञ्चालन भएका विभिन्न सहकारीका नामा पालिका तथा साबिकका गाविसबाट लिएका अनुदानबाट सञ्चालन भएका सहकारीमा लाखौँको आर्थिक अनियमितता रहेको दाबी छ । समाचार स्रोतका अनुसार कम्तीमा ४८ मध्ये १० वटा भन्दा बढी त्यस्ता सहकारीमा नेतृत्व तहका पदाधिकारीले नै सहकारीमा पैसा अपचलन गरेको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: