Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

तयारी बिनै गेटा अस्पतालमा इनडोर सेवा सुरु

खबरडबली संवाददाता

कैलाली । नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बहुचर्चित कैलालीको गेटास्थित गेटा अस्पतालमा पूर्ण तयारी विनै इनडोर (बिरामी भर्ना गरे) सेवा सुरु गरिएको पाइएको छ । 

शुक्रबार इनडोर सेवा सुरु गरे पनि बिरामी भने मङ्गलबारसम्म पनि भर्ना भएका छैनन् । सार्वजनिक बिदा नभएको दिन आइतबार दिउँसो गोरखापत्रको टोली पुग्दा पनि बिरामीको सङ्ख्या शून्य रहेको थियो । अस्पतालका सूचना अधिकारी नरेन्द्रसिंह कार्कीले आजसम्म बिरामी नआएको स्वीकार गरे।

इनडोर चलाउनका लागि न्यूनतम औषधि, उपकरण क्यान्टिन, र स्वास्थ्यकर्मीको आवास अनिवार्य हुन्छ एक स्वास्थ्यकर्मी भने तर ती सबै कुराको व्यवस्था गरिएको छैन ।

न्यूनतम व्यवस्था मिलाएर इनडोर सुरु गर्नु पर्ने मान्यता राख्ने स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चाँडै गेटा भ्रमण गर्ने भएकोले देखाउनका लागि हतारमा इनडोर सेवा सुरु गरिएको हो । 

यसअघिका मन्त्री प्रदीप यादवलाई समेत देखाउनका लागि इनडोर सञ्चालन गर्न खोजिएको थियो तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै ढलेपछि सो योजना सफल भएन अस्पताल स्रोतले बतायो ।

गेटा अस्पतालमा  फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमै गेटा अस्पतालले मात्रै पहिलो पटक स्तन क्यान्सरको उपचारसमेत सुरु गर्ने जनाइएको छ ।

अस्पतालका प्रमुख डा। विप्लव सापकोटाले भने औषधी, उपकरण कुनै पनि अस्पतालमा पूर्ण हुँदैनन् भन्ने बताउँदै भने, इनडोर सेवा २४ सै घण्टा चलाउनुपर्छ त्यसका लागि स्वास्थ्यकर्मी तयार अवस्थामा छन्। अद्यपि आलोचकहरूले आकस्मिक सेवा सुरु गरेर मात्रै इनडोर सेवा सुरु गर्नु पर्ने थियो भन्दै आएका छन् ।

उनले आफू काठमाडौँमै रहेको र मन्त्री कहिले गेटाको अनुगमन तथा निरीक्षणमा आउने भन्ने बारेमा उनीसित छलफल गरेर तय हुने पनि बताए ।

उनले तयारी पूरा नभएकैले गत वर्ष कात्तिक १ गतेदेखि ओपिडी सेवा सुरु भएको भए पनि आकस्मिक सेवा अहिलेसम्म सुरु नगरिएको समेत बताए। प्रमुख डा। सापकोटाका अनुसार चाँडै अप्रेसनका काम पनि सुरु हुने भएका छन् । अहिले अस्पतालमा स्त्री रोग, जनरल सर्जरी, हाड्जोर्नी, जनरल फिजिसियन , प्याथालोजिस्ट , एनएस थेसोलिजिस्ट, रेडियोलिष्टका विशेषज्ञ गरेर ११ जना डाक्टर र २१ जना जति नर्स कार्यरत रहेको पनि उनले बताए।

अहिले ५० बेडको अनुमति छ नीति तथा कार्यक्रममा १०० बेड अनुमति दिने भनिएको छ हामीले तीन सयको माग गरेका छौ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन खोजिएको गेटा क्षेत्रमा छ दर्जन बढी अत्यधिक भवन छन् तर स्वास्थ्यकर्मीको आवास र क्यान्टिन सञ्चालनका लागि कुनै तयारी थालिएको छैन । 

अहिले आवासको आवश्यकता भएका केही स्वास्थ्यकर्मीलाई भाडाका घरमा राखिएको छ । भने १८ जना जति स्वास्थ्यकर्मी सात सय जति अटाउने कुरुवाको घरमा बसिरहेका छन् । 

इनडोर चलाउनका लागि स्वास्थ्यकर्मी, बिरामी र बिरामीका कुरुवाका लागि गेटा अस्पतालबाट केही टाढा रहेको गेटा आँखा अस्पताल क्षेत्रबाट खाजा, खाना ल्याउने सूचना अधिकारी कार्कीले बताए। 

उनले पानीको व्यवस्था भएपछि मात्रै पूर्वाधार विकास समितिले आवास क्षेत्र हस्तान्तरण गर्ने बताएको छ त्यसपछि आवास बनाउने र क्यान्टिन सञ्चालन गर्न इच्छुकका लागि टेन्डर आव्हान हुने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेश, २३ सांसदको समर्थन

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...

सुनसरी तनावबारे गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक, सुरक्षा रणनीतिमाथि छलफल

काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...

नेपाली काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...

सुनसरी घटनालाई लिएर राजनीति नगर्न रास्वपाको आग्रह, दोषीमाथि निष्पक्ष छानबिनको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...

सुनसरीको पूर्व-पश्चिम राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको आपत्ति, वार्ताबाट समाधान खोज्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...

उद्योगमन्त्री यादवद्वारा काभ्रेका ग्यास उद्योगको निरीक्षण, घरायसी प्रयोजनलाई प्राथमिकता दिन निर्देशन

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending