काठमाडौं। नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ। भारतको विद्युत्संग सम्बन्धित प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयात स्वीकृति दिएको हो।
योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ परियोजनाबाटं) बाट थप २५१ मेगावाट अर्थात् कुल ९४१ मेगावाट (२८ परियोजनाबाट) बिजुली निर्यात गर्न सकिनेछ।
नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्दै आएको छ। निर्यातबाट गत वर्ष मात्र १६ अर्ब ९३ करोडको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।
भारतले सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति दिएको थियो। अहिले यो २४ गुणाले बढेको दूतावासले उल्लेख गरेको छ।
नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता नेपालले भारतको रियल टाइम मार्केटमा समेत पहुँच पाइसकेको छ।
नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ। भारतले भारतका खरिदकर्ताहरुलाई जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। यसले खरिदकर्तालाई नेपालबाट बिजुली किन्न प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ। दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ।
नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो। गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...



प्रतिकृया लेख्नुहोस्: