काठमाडौं। नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ। भारतको विद्युत्संग सम्बन्धित प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयात स्वीकृति दिएको हो।
योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ परियोजनाबाटं) बाट थप २५१ मेगावाट अर्थात् कुल ९४१ मेगावाट (२८ परियोजनाबाट) बिजुली निर्यात गर्न सकिनेछ।
नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्दै आएको छ। निर्यातबाट गत वर्ष मात्र १६ अर्ब ९३ करोडको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।
भारतले सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति दिएको थियो। अहिले यो २४ गुणाले बढेको दूतावासले उल्लेख गरेको छ।
नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता नेपालले भारतको रियल टाइम मार्केटमा समेत पहुँच पाइसकेको छ।
नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ। भारतले भारतका खरिदकर्ताहरुलाई जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। यसले खरिदकर्तालाई नेपालबाट बिजुली किन्न प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ। दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ।
नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो। गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: