Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमाओवादी जिकिर : असन्तुष्टीबीच संविधान जारी गरे द्वन्द्व बढ्छ

\"prachanda_baburam_narayankaji\"काठमाडौं । अहिलेकै अवस्थामा नयाँ संविधान जारी भएपनि लागु हुन मुस्किल हुने ठहरमा संविधानसभाको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी पुगेको छ । असन्तुष्ट दललाई सहमतिमा ल्याउन एमाओवादीले विभिन्न विकल्प ल्याए कांग्रेस–एमाले सहमतिका लागि विकल्पका लागि तयार नै भएका छैनन् ।   शनिबार दुई ठूला दल नेपाली कांग्रेस र एमालेसँग बाध्यात्मक सहमति गर्नुपरेको जनाएको एकीकृत नेकपा माओवादीका तीन शीर्ष नेताहरु अहिले पनि आन्दोलनरत पक्षसँगको संवाद र सहमति गरेर मात्रै संविधान जारी गरिनुपर्ने पक्षमा रहेका छन् ।   मुख्य तीन दलबीच सहमति भएपनि आन्तरिक र बाह्य पक्षसँग घनिभूत छलफलमा जुटेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र अर्का नेता नाायणकाजी श्र्रेष्ठले यस्तो निस्कर्ष निकालेका हुन् ।   खबरडबलीसँग कुरा गर्दै एकीकृत नेकपा माओवादीका नेता नरायणकाजी श्र्रेष्ठ भन्छन्–‘अहिलेको अवस्थामा संविधान जारी गरिनु चुनौतिपूर्ण हुन्छ । सबैलाई सहमत गराउन सम्भव छैन तर कम द्धन्द्ध हुनेगरी संविधान कसरी जारी गर्ने भन्नेमा गम्भीर बन्नुपर्छ ।’   माओवादीले चुनौति कम गर्नका लागि कम्तीमा दुई उपाय सुझाएको छ । थारुका माग पूरा गर्ने र फोरम लोकतान्त्रिकलाई साथै लिएर संविधान जारी गर्ने । श्र्रेष्ठ भन्छन्, –‘थारु माग पूरा गर्न नवलपरासीदेखि कैलालीको खुटिया खोलासम्मको भूगोल राखेर एक प्रदेश बनाउने हो भने यी दुवै मागको सम्बोधन हुन्छ । फोरम पनि यति भएपछि सँगै रहने अवस्था आउँछ ।’   संविधान निर्माण प्रकृयालाई पनि ढिला गर्न नहुने र असन्तुष्टको माग पनि छिटो सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको एमाओवादीले आइतबार संसदीय दलको बैठक बोलाएर संविधान निर्माणका जटिलता र यही अवस्थामा घोषणा भए पैदा हुने परिस्थितिका बारेमा छलफल गरेको थियो । छलफलमा अधिकांश नेताले संविधान जसरी पनि जारी गनुपर्ने तर असन्तुष्ट पक्षका जायज मागलाई पनि सम्बोधन गर्ने निष्कर्ष निकालेको थियो ।   सोही बैठकबाट असन्तुष्ट पक्ष मुख्यतः थारुवान सघर्ष र मधेश आन्दोलन चर्काइरहेका मधेशवादी दलसँगको छलफल र तीव्र बनाउन एमाओवादीले नेता बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठलाई जिम्मा दिएको छ ।   यही अवस्थामा संविधान जारी भए लागू हुन कठिन हुने निष्कर्षमा पुगेको एमाओवादी नेताहरुले बताइसकेका छन् । एमाओवादी नेता एंव पूर्वजनमुक्तिसेनाका कमाण्डर नन्दकिशोर पुनले सोमबार भएको एक कार्यक्रममा खुलेरै यस्तो संविधानले उत्पीडित जनताको हित नगर्ने बताए । १६ बुँदे सहमतिदेखि नै थारुवान लगायत मधेशका मुद्दा सम्बोधन गर्न कडा अडान राख्दै आएका नेता बाबुराम भट्टराई शनिबार भएको मुख्य तीन दलकोे सहमति पश्चातसमेत आन्दोलनकारीका जायज माग सम्बोधन गर्न आग्रह गर्दै आइरहेका छन् ।   एमाओवादीको मुख्य नेतृत्व अहिले पनि तीव्र छलफलमा छ । सोमबारमात्रै कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर छलफल गरेको एमाओवादीले बिहीबार आफ्नो पार्टीको थारुवान मुक्तिमोर्चाको भेला बोलाएको छ । भेलाको उदेश्य आन्दोलनलाई व्यवस्थित गर्नु हो भनेर बताइएपनि थारुहरुको सघर्ष जायज रहेको बताइरहेका नेताहरुले थारुहरुमा के सन्देश दिन्छन् त्यो अर्को महत्वपूर्ण पाटो हुनेछ । सरकार र आन्दोलनकारी दुवैसँग नजिक एमाओवादी एमाओवादी यतिबेला सरकारमा रहेका दुई ठूला दल र आन्दोलनमा रहेका आन्दोलनकारीहसँगको समदुरीमा छ । दुबै शक्तिसँग माओवादीको राम्रो सम्बन्धको हुनाको कारण अहिलेको संवादको मध्यस्थकर्ता नै एमाओवादी जस्तो देखिएको छ । एमाओवादीसँग दुबै पक्षको अपेक्षा छ । दुबै पक्षले खुलेर संवाद गर्न सक्छन् । पटकपटक एमाअ‍ोवादीले पनि दुबै पक्षसँग बसेर संवाद तथा छलफल गरिसकेको छ ।   आन्दोलनरत पक्षका तीनवटा मुख्य माग सम्बोधन गर्न नसकिने अवस्था नरहेको एमाओवादी बुझाई छ । थारुहरुको मागमा कांग्रेस सकारात्मक देखिए पनि एमालेले सुन्नै नचाहेकोले समस्या भएको निष्कर्षमा एमाओवादी पुगेको हो ।   कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का १६ बुँदे सहमतिदेखिका सहयात्री विजयकुमार गच्छदारको पार्टीलाई पनि सहमतिमा ल्याउनुपर्ने बताउँछन् । ‘गच्छदार १६ बुँदेदेखिका सहयात्री हुन् । उनलाई पनि हामीले मिलाउन सकेको भए सुनका सुगन्ध हुने थियो’ खड्का भन्छन्, ‘तर, पनि अझै फेरि पनि उनलाई मिलाएर सहमतिका आधारमा अघि बढ्ने प्रयत्न रोकिंदैन ।’ यद्यपी तीन दलीय तयारी संविधान जारी गर्ने र संघीय आयोग गठन गरेपछि मात्र असन्तुष्ट दलसँग वार्ता गर्ने रहेको छ । ।   एमाले सचिव प्रदीप ज्ञवालीले विजय गच्छदारको पार्टी बाहेकका दलसँग वार्ता नै नहुने बताए । ‘असन्तुष्ट दललाई सहमतिमा ल्याउन कोसिस गरिएक हो । तर, मागहरु जायज भएनन्, अस्पष्ट छन्’ ज्ञवालीले भने, ‘गच्छदारजीसँग सहमति हुन सक्छ । तर, अरु मधेसकेन्द्रित दलहरुसँग सहमति हुने सम्भावना छैन ।’   मधेशवादी दलको पनि पूर्वका तिन जिल्ला मोरङ, सुनसरी र झापाका दक्षीणि भूगोल मधेशमा राख्नुपर्ने मागमा विचको बाटो खोज्न सकिने धारणामा माओवादी छ । यि भुगोलहरुलाई सिमाकंन आयोगलाई जिम्मा दिने हो भने मधेशवादी दलका ७० प्रतिशत माग पुरा गर्न सकिने एमाओवादी बुझाई छ ।   तर सरकारमा रहेको नेपाली कांग्रेसले एमाओवादीको यो विचको बाटोलाई सकारात्मक रुपमा लिएपनि नेककपा एमाले टसमस गर्ने पक्षमा देखिदैन । एमालेको बुझाईमा सिमाकंनलाई फेरी चलाउँदा नयाँ विवाद सिर्जना हुने र समस्या झन बल्झिएर संविधान निर्माणमा ढिलाई हुन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending