काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म ‘सन अफ सरदार २’ बाट अभिनेता विजय राजलाई हटाइएको छ ।
हाल बेलायतमा छायांकन भइरहेको फिल्मको सेटमा अभिनेताले दुर्व्यवहार गरेको आरोपमा उनलाई फिल्मबाट हटाइएको रिपोर्टमा उल्लेख गरिएको छ । अर्कोतर्फ अभिनेता विजयले भने दुर्व्यवहारलाई अस्वीकार गर्दै अजय देवगनलाई फिल्मको सेटमा स्वागत नगरेको भन्दै फिल्मबाट हटाइएको बताएका छन् ।
एक्सन कमेडी फिल्म ‘सन अफ सरदार’ को सिक्वेल ‘सन अफ सरदार २’ घोषणा भएदेखि नै चर्चामा छ । बेलायतको भिसा नपाएपछि संजय दत्त फिल्मबाट बाहिरिएका थिए । हालै अजय देवगनले फिल्मको सुटिङ सुरु भएको घोषणा गरेका छन् । तर, अब अर्का स्टार फिल्मबाट बाहिरिएको खबरले फ्यानलाई स्तब्ध बनाएको छ । विजय राज अब फिल्मको हिस्सा छैनन् ।
मिडिया रिपोर्टका अनुसार अभिनेता विजयको दाबि विपरित उनले फिल्मको सेटमा प्रिमियम सुइट, भ्यानिटी भ्यान लगायतको माग गरेको दाबि गरिएको छ ।
बेलायत फिल्म सुटिंगका लागि महँगो ठाउ भएको भएपनि उनलाई राम्रो सुबिधा उपलब्ध गराएपनि उनले निर्माण टिमलाई दुर्व्यवहार गरेको बताइएको छ । निर्माण पक्षले अभिनेताका सबै माग पूरा गर्ने प्रयास गर्दा पनि उनको माग पूरा नभएपछि व्यवहार झनै बिग्रिएको बताएको छ ।
तर, विजय राजले भने आफुले अभिनेता अजय देवगनलाई अभिवादन नगरेका कारण फिल्मबाट हटाएको दाबि गरेका छन् । उनले भनेका छन् 'म ट्रायलका लागि समयमै पुगेँ । म भ्यानमा पुगें र रविकिशन मलाई भेट्न आए । मलाई भेट्न कार्यकारी निर्माता आशिष र निर्माता कुमार मंगल आए, त्यसपछि निर्देशक विजय अरोरा आए । भ्यानबाट बाहिर निस्केँ, र अजय देवगनलाई २५ मिटर टाढा उभिरहेको देखेँ, म व्यस्त भएकोले उनलाई स्वागत गर्न गइन, र साथीहरूसँग कुरा गरिरहेँ, २५ मिनेटपछि कुमार मंगल मेरो छेउमा आएर भने, तिमी फिल्मबाट बाहिर निस्क, हामी तिमीलाई निकाल्छौं । सेटमा पुगेको ३० मिनेटपछि मलाई फिल्मबाट हटाइयो, किनभने मैले अजय देवगनलाई अभिवादन गरिन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...




प्रतिकृया लेख्नुहोस्: