Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाघ नियन्त्रणका लागि प्राविधिक टोली रुपन्देहीमा

खबरडबली संवाददाता

भैरहवा। रुपन्देहीको तिनाउ आसपासको जंगलमा बाघ देखिएपछि नियन्त्रणको प्रयास थालिएको छ । प्राविधिक टोलीले क्यामेरा जडान गरेर बाघ नियन्त्रणको प्रयास थालेको हो । 

पछिल्लो दुई साता यता सियारी, शुद्धोधन र तिलोत्तमाको तिनाउ आसपास जंगलमा बाघ देखिएको भन्दै यहाँका स्थानीय त्रसित भएका छन् । स्थानीय पालिकाले सूचना नै निकालेर सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन, सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेपछि बाघ रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि अहिले प्राविधिक टोली बोलाएर क्यामेरा जडान गरी निगरानी बढाइएको छ ।

मंगलबार रुपन्देही आएको प्राविधिक टोली बाघको वास्तविकताबारे क्यामेरामार्फत् निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। ‘हामीले स्थलगत निगरानी गरेरपछि बाघ आएको भन्ने लगभग पक्कापक्कीजस्तो भएको थियो । त्यसपछि प्राविधिक टोली बोलाएर क्यामेरामार्फत् निगरानी सुरु भएको छ’ उनले भने।

उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली यहाँ आएको छ । बाघ भेटिएमा सो टोलीले नियन्त्रणमा लिनेछ । प्राविधिक टोलीले बुधबार बाघ आएको भनिएको सियारी गाउँपालिका –७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ ।

बाघ देखिएको भन्ने क्षेत्रमा चारवटा क्यामेरा जडान गरिएको छ । ‘निरीक्षण गर्ने काम सुरु भएको छ । केही दिनसम्म निरन्तर निगरानीपछि वास्तविकता बाहिर आउला’ प्रजिअ अर्यालले भने। गत साउन १७ मा शुद्धोधन –३ र सियारी गाउंँपालिका –७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीन बाघ देखिएको भनेपछि वडा र पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेका थिए ।

साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपास बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो । त्यसपछि तिनाउ आसपासका मानिस त्रसित बनेका छन् । प्राविधिकका अनुसार बाघ देखिएको भनिएको क्षेत्रमा बाघ लुक्न सक्ने ठूलो ठाउँ छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending