भैरहवा। रुपन्देहीको तिनाउ आसपासको जंगलमा बाघ देखिएपछि नियन्त्रणको प्रयास थालिएको छ । प्राविधिक टोलीले क्यामेरा जडान गरेर बाघ नियन्त्रणको प्रयास थालेको हो ।
पछिल्लो दुई साता यता सियारी, शुद्धोधन र तिलोत्तमाको तिनाउ आसपास जंगलमा बाघ देखिएको भन्दै यहाँका स्थानीय त्रसित भएका छन् । स्थानीय पालिकाले सूचना नै निकालेर सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन, सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेपछि बाघ रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि अहिले प्राविधिक टोली बोलाएर क्यामेरा जडान गरी निगरानी बढाइएको छ ।
मंगलबार रुपन्देही आएको प्राविधिक टोली बाघको वास्तविकताबारे क्यामेरामार्फत् निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। ‘हामीले स्थलगत निगरानी गरेरपछि बाघ आएको भन्ने लगभग पक्कापक्कीजस्तो भएको थियो । त्यसपछि प्राविधिक टोली बोलाएर क्यामेरामार्फत् निगरानी सुरु भएको छ’ उनले भने।
उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली यहाँ आएको छ । बाघ भेटिएमा सो टोलीले नियन्त्रणमा लिनेछ । प्राविधिक टोलीले बुधबार बाघ आएको भनिएको सियारी गाउँपालिका –७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ ।
बाघ देखिएको भन्ने क्षेत्रमा चारवटा क्यामेरा जडान गरिएको छ । ‘निरीक्षण गर्ने काम सुरु भएको छ । केही दिनसम्म निरन्तर निगरानीपछि वास्तविकता बाहिर आउला’ प्रजिअ अर्यालले भने। गत साउन १७ मा शुद्धोधन –३ र सियारी गाउंँपालिका –७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीन बाघ देखिएको भनेपछि वडा र पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेका थिए ।
साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपास बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो । त्यसपछि तिनाउ आसपासका मानिस त्रसित बनेका छन् । प्राविधिकका अनुसार बाघ देखिएको भनिएको क्षेत्रमा बाघ लुक्न सक्ने ठूलो ठाउँ छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: