Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

जहाँ दूध बेचिँदैन, किसानलाई गोठालो भत्ता दिइन्छ

खबरडबली संवाददाता

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिको चलन हो ।

गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने हुँदैन ।  ‘विगतका दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन्, अहिले गाउँमा बजार बने पनि कसैले दूध दही हुन्छ बिक्री गर्न लैजाँदैनन्’, नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावल भन्छन् ।

दूध बिक्री नगरेपनि स्थानीयहरु घ्यू बनाएर बिक्रीका लागि टाढाटाढाको बजारमा पुग्ने गर्दछन् । अहिले गाउँगाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीय कटबहादुर विष्टले बताए । ‘विगतमा घ्यू जम्मा गरेर कैलाली, नेपालगञ्ज र सुर्खेतका बजारमा लिएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले लत्ताकपडा किनेर ल्याउने गरिन्थ्यो’, उनी भन्छन् ।

गाईभैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताए । पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगञ्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उनी सम्झन्छन् ।

पशुपालनतर्फ घट्दो आकर्षण प्रायः यहाँका सबै घरमा चारवटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन् । गाउँपालिकामा भैँसी पाल्ने चलन अहिले लोप हुँदै गएको छ । चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेसा व्यवसाय तथा विदेश जाने गरेका कारणले गाईभैँसी पाल्ने चलन कम हुँदै गएको हो ।

परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ । यस गाउँपालिकामा ३ हजार ९१० घरपरिवारको सङ्ख्या छ ।

राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने ३ हजार ७९५ घरपरिवार छन् । गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या चार हजार चार सय ३६ र राँगा, भैँसीको सङ्ख्या ४ हजार २१० छ ।

दिन प्रतिदिन वनजङ्गल मासिँदै गएपछि भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा र युवाहरु रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उनको भनाइ छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारी भन्छन्, ‘अहिले त मानिसहरुले आम्दानीका अन्य स्रोत खोज्न थाले । त्यसैबाट आफ्नो रोजीरोटी खोज्छन् ।’

नयाँ पुस्ताका युवाहरुको विदेश पलायन तथा अन्य पेसा व्यवसाय जस्ता कारणले व्यावसायिक र बजारीकरण समस्याका कारणले पनि गाईभैँसी पाल्ने पेसा लोप हुँदै गएको छ ।

नरहरिनाथ गाउँपालिका–७ माल्कोटका केशे बोहरा भन्छन्, ‘पशु चौपायाहरुमा विभिन्न रोगको सङ्क्रमण हुँदा समेत किसानले सेवा पाउँदैन् । पशु बीमाको व्यवस्था नहुँदा पनि किसान मर्कामा परेका छन् ।’

किसानलाई गोठालो भत्ता दिन सुरु किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो ।

किसानलाई गोठालो भत्ता

पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार रुपैयाँ पाउँछन् ।

उनका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०र८१ मा १० लाख रुपैयाँ गाई भैंसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो । गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ ।

सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भन्छन्, ‘गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।’

दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने किसानलाई आफूले उत्पादन गरिएको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ । गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्नका लागि गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले जानकारी दिए ।

‘दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दैछौँ ।’ पहिलो चरणमा दूध बिक्रीका लागि जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताए ।

नरहरिनाथ गाउँपालिका दूध सङ्कलन केन्द्र नहुँदा पनि यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थको उचित बिक्री गर्नका लागि समस्या भएको गाउँपालिकाले जनाएको छ । दूध प्रशोधन र बजारीकरणका लाग निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा दूध तथा दुग्धजन्य वस्तु उत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले लक्ष्य राखेको उपाध्यक्ष शाहले बताए ।

भैंसी पकेट क्षेत्र घोषणा

भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालि–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो । नरहरिनाथ गाउँपालिका जिल्लामै पशुपालनको प्रशस्त सम्भावना रहेको ठाउँ मानिन्छ ।

पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भँैसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले जानकारी दिए । ‘ग्रामीण भेगका पशुपालक कृषकहरुको आयस्तर वृद्धि गर्न सीपमूलक पशुपालनसम्बन्धी तालिमको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।

रैथाने पशुको नश्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ । साथै उन्नत जातको भाले पशुको विर्य ल्याएर कृत्रिम गर्भाधानको कार्यलाई प्राथमिकता राखिएको पालिकाले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending