Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सार्वजनिक सवारी साधनमा अपाङ्गताका समस्या सहजीकरण गरिने

खबरडबली संवाददाता

कैलाली । अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताएका छन् ।

सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा बुधवार ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले यस्तो बताएका हुन् । 

छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परेको बबताए । उनले पछिल्लो समय ट्राफिक प्रहरीबाट केही राम्रा प्रयास भए पनि समग्रमा अझै अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा राज्यबाट पाएका सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गरे । 

अध्यक्ष साउदसँग ट्राफिक कार्यालय पुगेको अपाङ्गता अधिकारकर्मीको टोलीले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ र अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७ को उपदफा २ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा पचास प्रतिशत छुट, सिट आरक्षणको व्यवस्था गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा अझैसम्म कार्यान्वयन नभएको र सम्मानजनक भाषाको प्रयोग लगायतका मुद्दा कार्यान्वयन हुन नसकेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । 

यस विषयमा गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीमा सबै सार्वजनिक यातायात सञ्चाल गरिरहेका बस व्यवसायी समिति पदाधिकारीसँग छलफल भए पनि उहाँहरुले आफ्नो व्यवसाय धराशायी भएकाले भाडा छुट तथा सिट आरक्षण दिन नसक्ने बताएका थिए । अहिले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानुनको कार्यान्वय गर्न गराउन प्रशासनको दायित्व भन्दै ट्राफिक प्रहरीसँग समन्वय गर्न लगाउनुभएको अध्यक्ष साउदको भनाइ छ । 

छलफलमा क्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि प्रहरी सजग रहेको बताए। उनले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सवारी साधनमा सहज यात्रा गर्न र राज्यले दिएका सुविधा कार्यान्वयन गर्न गराउनका लागि प्रदेशका नौवटै जिल्लामा सर्कुलर गरिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: