Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सार्वजनिक सवारी साधनमा अपाङ्गताका समस्या सहजीकरण गरिने

खबरडबली संवाददाता

कैलाली । अपाङ्गताका सवालमा राज्यले दिएका सुविधा कार्यान्वयन गराउन ट्राफिक प्रहरी तयार रहेको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले बताएका छन् ।

सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा बुधवार ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश समितिबिच भएको छलफलमा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले यस्तो बताएका हुन् । 

छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परेको बबताए । उनले पछिल्लो समय ट्राफिक प्रहरीबाट केही राम्रा प्रयास भए पनि समग्रमा अझै अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा राज्यबाट पाएका सेवा सुविधा उपभोग गर्न नपाएको गुनासो गरे । 

अध्यक्ष साउदसँग ट्राफिक कार्यालय पुगेको अपाङ्गता अधिकारकर्मीको टोलीले सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ र अपाङ्गता अधिकार ऐन २०७४ को दफा ३७ को उपदफा २ मा अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा पचास प्रतिशत छुट, सिट आरक्षणको व्यवस्था गरेको भएपनि सुदूरपश्चिम प्रदेशमा अझैसम्म कार्यान्वयन नभएको र सम्मानजनक भाषाको प्रयोग लगायतका मुद्दा कार्यान्वयन हुन नसकेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । 

यस विषयमा गत वर्ष जिल्ला प्रशासन कार्यालय कैलालीमा सबै सार्वजनिक यातायात सञ्चाल गरिरहेका बस व्यवसायी समिति पदाधिकारीसँग छलफल भए पनि उहाँहरुले आफ्नो व्यवसाय धराशायी भएकाले भाडा छुट तथा सिट आरक्षण दिन नसक्ने बताएका थिए । अहिले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कानुनको कार्यान्वय गर्न गराउन प्रशासनको दायित्व भन्दै ट्राफिक प्रहरीसँग समन्वय गर्न लगाउनुभएको अध्यक्ष साउदको भनाइ छ । 

छलफलमा क्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि प्रहरी सजग रहेको बताए। उनले अपाङ्गता भएका नागरिकलाई सार्वजनिक सवारी साधनमा सहज यात्रा गर्न र राज्यले दिएका सुविधा कार्यान्वयन गर्न गराउनका लागि प्रदेशका नौवटै जिल्लामा सर्कुलर गरिने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending