Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

शान्ति प्रक्रियालाई साझा उपलब्धिको रुपमा अघि बढाउँछौंः प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रुपमा अघि बढाउने बताएको छन् । प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको हो ।

दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्ने पनि उनले बताए। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको भन्दै उनले थपे, “करकाप होइन, संघर्ष गरेर लोकतन्त्र ल्याएका छौं, समाजलाई सुव्यवस्थित गर्ने प्रणाली भएकाले यसलाई व्यवहारिक रुपमा सही प्रयोग गर्नुपर्छ ।”

सरकार लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मूल्य मान्यता र जनताको हितमा समर्पित भएर काम गर्ने उहाँले प्रतिवद्धता जनाए। भ्रष्टाचार नियन्त्रण गरी सुशासन ल्याउनेमा कुनै कसर बाँकी नराख्ने उहाँले चर्चा गरे । लोकतन्त्रलाई जीवनपद्धतिको रुपमा अघि बढाउने कुरामा कसैको फरक विचार नहुनेमा आफ्नो विश्वास रहेको उनले बताए।

हामीले रोजेर ल्याएको लोकतन्त्रविरुद्ध केही प्रबृत्ति बाहिर देखिन थालेको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा, शिष्टताका सीमालाई, इमान र नैतिकताको बन्धन भत्काउने प्रबृत्ति देखिन थालेको उनले बताए। “समाजलाई भत्काउन खोज्ने प्रयास केही तत्वले प्रयास गरिरहेका छन्, केही विषयलाई अतिरन्जनाका साथ उठाउने प्रयास भइरहेको छ । त्यस्तो दुस्प्रयासलाई निरुत्साहित गर्नुपर्छ” उनले भने।

‘दीगो र टिकाउ भनेको लोकतन्त्र मात्र हो, यसको प्रणाली हो । यसलाई व्यवस्थित गर्न जनताले योगदान दिएका छन्’ प्रधानमन्त्री ओलीले थपे, “यो प्रणालीलाई हामी जोगाउँछौं । देश, जनताका लागि जोगाउँछौं ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री अर्याल र अमेरिकी राजदूत अर्बमबीच शिष्टाचार भेट

काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेको छन् । गृह मन्त्रालयमा आज भएको भ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०७ अङ...

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । चुनावी प्रचार/प्रसारमा बालबालि...

बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद...

प्रशासन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेम बहादुर खवाससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

कल सेन्टरमा जिज्ञासाको चाङ : मतदाता नामावली र आचारसंहितामा बढी चासो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालनमा ल्याएको ‘कल सेन्टर’ मा मतदाता र सरोकारवालाको आक...

नेपालगञ्जमा बालेनका समर्थक सवार गाडीबाट खसे, ५ जना सामान्य घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खसेक...

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

जेनजी र सरकारबीचको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइनेमा

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधि बिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिटलाई सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने सूची’मा राखेको छ। सोमबार, न्यायाध...

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौँ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending