नेपालगन्ज।अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौं बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ ।
भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार भेरी अस्पतालको सेवा सुविधामा सुधार गर्ने अभियान सुरु गरेर सोही अन्तर्गत विभिन्न निर्णयहरु गर्दै कार्यान्वयन गर्न थालिएको हो।
भेरी अस्पताल विकास समितिका सदस्य डा। डक्ट प्रसाद धितालका अनुसार यस क्षेत्रका विपन्न, गरिब र मध्यमवर्ग लगायत सबैलाई सहज हुने गरि अस्पतालले आफ्ना विभिन्न सेवा शुल्कहरु घटाएको बताउनुभयो । उहाँका अनुसार अस्पतालबाट प्रवाह भइरहेको ओपिजी शुल्क एक हजार ५०० बाट घटाएर ८०० रुपियाँ, डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको छ । सोही प्रकारले एमआरआई सेवाको शुल्क पनि घटाइएको छ ।
यसैगरी, अस्पतालले ईमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको व्यवस्थापन गरी चौविसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ भने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथासिघ्र सञ्चलनमा ल्याउने निर्णय पनि गरिएको सदस्य डा। धितालले बताए।
अस्पताल विकास समितिका अनुसार प्राविधिक खराविका कारण बन्द रहेको सिटी स्क्यान मेसिन यथासिघ्र मर्मत गरि सेवा सञ्चालन गरिने तथा सिटी स्क्यान मेसिन धेरै पुरानो भइ हरेक वर्ष मर्मत गर्नुपर्नुर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेकोले १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरिएको छ ।
अस्पतालले यसअघिनै अनलाइन टिकेटको व्यवस्था गरिसकेको छ भने ओ।पि।डी। टिकेट काउण्टरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाहरु लाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिसकिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक ५०० देखि एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: