Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

स्वदेशी सामानहरुको उपयोग गरौं, व्यापार घाटा घटाऔं

खबरडबली संवाददाता

भक्तपुर । युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी सामानको उपभोग गरी व्यापार घाटा घटाउने कार्यमा सहयोग गर्न सवैसँंग अनुरोध गरेका छन् । व्यापारा घाता वर्षैपिच्छे वढ्दो रहेको बेला कमसेकम स्वदेशी वस्तुको उपभोग गरिदिए केही भए पनि व्यापार घाटा घट्ने उनको धारणा छ । 

भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरका विद्यार्थीसामु उनले युवा विद्यार्थीमा देशभक्तिपूर्ण भाबना हुनुपर्नेमा पनि जोड दिए । भक्तपुरकै झौखेलस्थित नेपाल इको प्यानल उत्पादन कारखानाको अवालेकन भ्रमणपश्तात भएको छलफलमा उनले देशभक्तिपूर्ण भाबना भएकाले केही महँंगो भए पनि स्वदेशी वस्तु नै उपयोग गरिरहेको पाएको जानकारी गराए ।  

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित बीबीएम सातौ समेष्टर (२०२०) समूहमा क्रियटिभीटी एण्ड इनोभेसन विषय अध्ययनतर विद्यार्थीले इको प्यानल उत्पादन कारखानाको अध्ययन भ्रमण गरेका थिए । इन्टप्र्रेर्नसिप प्याक्टिस एण्ड पसिविलिटीज अफ न्यु स्मल विजनेश इन नेपाल (नेपालमा नयाँं सानो व्यापारमा स्वरोजगार अभ्यासको सम्भाबना) सँंग सम्वन्धित विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेका थिए । कारखानाको अवलोकन भ्रमणपछि विद्यार्थीसँंग कर्पोरेट कार्यालय सल्लाघारी भक्तपुरमा अन्तरक्रिया गरिएको थियो । 

कलेजका उपप्राध्यापक डा किशोर हाकुदुवालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण गराइएको जानकारी गराए । 

भ्रमणमा विद्यार्थीले इको प्यानलको उत्पादनदेखि विक्रीवितरणसम्मको विवरणसम्मबारे जानकारी लिएका थिए । त्यस अवसरमा सिइओ दुवालले नेपाल इको प्यानल स्वदेशमै बनेको नयाँं निर्माण सामाग्री रहेको जानकारी गराए । त्यस अवसरमा उनले इको प्यानलको प्रयोगबाट तीव्र नर्माण सम्भब हुने पनि जानकारी विद्यार्थीलाई गराए । भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनि नियन्त्रक रहेका कारण नेपाल इको प्यानलले लोकप्रिय आधुनिक निर्माण सामाग्रीको रुपमा ख्याति कमाउँंदै आएको जानकारी उनले गराए ।

वातावणमैत्री भएकै कारणले पनि धेरै उपभोक्ताले यसलाई रुचाएको उनले जनाए । उपभोक्ताको लोकप्रियताकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न डिलरहरुमार्फत नेपाल इको प्यानलको विक्रीवितरण हुँंदै आएको जानकारी उनले गराए । 

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पोरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending