Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

एक लाख २० हजार डोज वीर्य उत्पादन

खबरडबली संवाददाता

खजुरा । बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा। खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा कार्यालयबाट राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको बताए ।

उनका अनुसार गत आवमा नेपालगन्ज मुर्रा राँगाबाट ७१ हजार ६५० डोज, भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज, गड्डी राँगाबाट एक हजार ७४ डोज गरी ७५ हजार ३६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । जर्सी साँढेबाट पाँच हजार १९ डोज र होलिष्टेन साँढेबाट २२ हजार ९२५ डोज गरी २७ हजार ९४४ डोज साँढेको वीर्य उत्पादन गरिएको छ । 

त्यसैगरी बोयर बोकाबाट १६ हजार ९३४ डोज गरी गत आवमा जम्मा एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको वरिष्ठ पशु विकास अधिकृत डा। सापकोटाले जानकारी दिए।

त्यसैगरी गत आवमा कार्यालयबाट ७० हजार ७० डोज वीर्य वितरण गरिएको छ । जसमध्ये, नेपालगन्ज मुर्राको २४ हजार १७२ डोज, जर्सी साँढेको २९ हजार ४१० डोज, होलिष्टेन साँढेको १२ हजार ९४९ डोज, विदेशी जर्सी साँढेको ५१५ डोज, होलिष्टेन साँढेको ५८ डोज र बोयर बोकाको दुई हजार ९६६ गरी जम्मा ७० हजार ७० डोज वीर्य वितरण गरिएको हो । भारतीय मुर्रा राँगाको वीर्य भने अझै वितरण गरिएको छैन ।

कार्यालयमा गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका तीन वटा उन्नत जातका मुर्रा राँगा छन् । गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । तीनमध्ये दुईवटा राँगाबाट वीर्य सङ्कलन गरिए पनि परीक्षणकै क्रममा रहेको हुँदा अझ वितरण नगरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए।

उनका अनुसार गत वर्ष ल्याइएका तीनवटा भारतीय राँगामध्ये दुईवटा राँगाबाट उत्पादन गरिएको दुई हजार ६४३ डोज वीर्य परीक्षणकै क्रममा रहेको छ । परीक्षणको सकारात्मक नतिजा आएपछि तत्काल भारतीय राँगाको वीर्य वितरण गरिनेछ । 

प्राविधिक जैसीका अनुसार यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बोयर जातको बोकाबाट वीर्य सङ्कलन गरिँदै आइएको छ । जर्सी साँढेको गत वर्षबाट मात्र वीर्य उत्पादन थालिएको उनले बताए। राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट नेपालगन्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदैआएको छ ।

पहिला पोखरा कार्यालयबाट बोकाबाट वीर्य सङ्कलन गरिदै आए पनि गत वर्षबाट त्यहाँ सङ्कलन गर्न छाडिएर नेपालगन्जबाट मात्र सङ्कलन हुन लागेको उनको भनाइ छ ।

कार्यालयमा हाल दुईवटा गड्डी, तीनवटा भारतीय र १० वटा नेपाली गरी १५ वटा मुर्रा राँगो, साँढे १२ वटा, बोका १८ वटा र बाख्रा ६ वटा गरी जम्मा ५१ वटा पशुचौपाया छन् । 

कार्यालयबाट जमेको वीर्य उत्पादन मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइने उहाँले जानकारी दिए। गत वर्ष १६१ गाई, ५५१ भैंसी र ५५० बाख्रा गरी एक हजार २६२ वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको थियो । गाईलाई गर्भाधान गराए वापत ७५ रुपियाँ, भैंसीलाई एकसय रुपियाँ र बाख्रालाई २५ रुपियाँका दरले मूल्य निर्धारण गरी राजस्व सङ्कलन हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९–८० मा राँगो, साँढे र बोका गरी जम्मा ४२ हजार ९४९ डोज वीर्य उत्पादन गरिएको थियो । ५७ हजार २२३ डोज वीर्य वितरण भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा सात हजार ५७१ डोज वीर्य उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८–७९ को असोज महिनाबाट कार्यालयबाट वीर्य उत्पादन सुरु गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending