Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

एक लाख २० हजार डोज वीर्य उत्पादन

खबरडबली संवाददाता

खजुरा । बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा। खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा कार्यालयबाट राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको बताए ।

उनका अनुसार गत आवमा नेपालगन्ज मुर्रा राँगाबाट ७१ हजार ६५० डोज, भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज, गड्डी राँगाबाट एक हजार ७४ डोज गरी ७५ हजार ३६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । जर्सी साँढेबाट पाँच हजार १९ डोज र होलिष्टेन साँढेबाट २२ हजार ९२५ डोज गरी २७ हजार ९४४ डोज साँढेको वीर्य उत्पादन गरिएको छ । 

त्यसैगरी बोयर बोकाबाट १६ हजार ९३४ डोज गरी गत आवमा जम्मा एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको वरिष्ठ पशु विकास अधिकृत डा। सापकोटाले जानकारी दिए।

त्यसैगरी गत आवमा कार्यालयबाट ७० हजार ७० डोज वीर्य वितरण गरिएको छ । जसमध्ये, नेपालगन्ज मुर्राको २४ हजार १७२ डोज, जर्सी साँढेको २९ हजार ४१० डोज, होलिष्टेन साँढेको १२ हजार ९४९ डोज, विदेशी जर्सी साँढेको ५१५ डोज, होलिष्टेन साँढेको ५८ डोज र बोयर बोकाको दुई हजार ९६६ गरी जम्मा ७० हजार ७० डोज वीर्य वितरण गरिएको हो । भारतीय मुर्रा राँगाको वीर्य भने अझै वितरण गरिएको छैन ।

कार्यालयमा गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका तीन वटा उन्नत जातका मुर्रा राँगा छन् । गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । तीनमध्ये दुईवटा राँगाबाट वीर्य सङ्कलन गरिए पनि परीक्षणकै क्रममा रहेको हुँदा अझ वितरण नगरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए।

उनका अनुसार गत वर्ष ल्याइएका तीनवटा भारतीय राँगामध्ये दुईवटा राँगाबाट उत्पादन गरिएको दुई हजार ६४३ डोज वीर्य परीक्षणकै क्रममा रहेको छ । परीक्षणको सकारात्मक नतिजा आएपछि तत्काल भारतीय राँगाको वीर्य वितरण गरिनेछ । 

प्राविधिक जैसीका अनुसार यस कार्यालयबाट मुर्रा राँगा, जर्सी साँढे र बोयर जातको बोकाबाट वीर्य सङ्कलन गरिँदै आइएको छ । जर्सी साँढेको गत वर्षबाट मात्र वीर्य उत्पादन थालिएको उनले बताए। राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट नेपालगन्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदैआएको छ ।

पहिला पोखरा कार्यालयबाट बोकाबाट वीर्य सङ्कलन गरिदै आए पनि गत वर्षबाट त्यहाँ सङ्कलन गर्न छाडिएर नेपालगन्जबाट मात्र सङ्कलन हुन लागेको उनको भनाइ छ ।

कार्यालयमा हाल दुईवटा गड्डी, तीनवटा भारतीय र १० वटा नेपाली गरी १५ वटा मुर्रा राँगो, साँढे १२ वटा, बोका १८ वटा र बाख्रा ६ वटा गरी जम्मा ५१ वटा पशुचौपाया छन् । 

कार्यालयबाट जमेको वीर्य उत्पादन मात्र नभएर पशुलाई प्राकृतिक गर्भाधान पनि गराइने उहाँले जानकारी दिए। गत वर्ष १६१ गाई, ५५१ भैंसी र ५५० बाख्रा गरी एक हजार २६२ वटा पशुलाई प्राकृतिक गर्भाधान गराइएको थियो । गाईलाई गर्भाधान गराए वापत ७५ रुपियाँ, भैंसीलाई एकसय रुपियाँ र बाख्रालाई २५ रुपियाँका दरले मूल्य निर्धारण गरी राजस्व सङ्कलन हुँदै आएको छ ।

आर्थिक वर्ष २०७९–८० मा राँगो, साँढे र बोका गरी जम्मा ४२ हजार ९४९ डोज वीर्य उत्पादन गरिएको थियो । ५७ हजार २२३ डोज वीर्य वितरण भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा सात हजार ५७१ डोज वीर्य उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८–७९ को असोज महिनाबाट कार्यालयबाट वीर्य उत्पादन सुरु गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending