Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

जलवायु परिवर्तन असर न्यूनीकरणमा नेपाल भारत मिलेर अघि बढौँ : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा  द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो। 

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए। “हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने। 

राष्ट्रपति पौडेलले नेपाल भारतबिच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठुलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। 

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबिचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशोधन विकास नेपालको प्राथमिकता रहेको बताए। उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे। 

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारका कैंयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम  गर्न इच्छुक रहेको बताए। उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए। 

नेपाल भारबिचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताएको छन्।  मङ्गलबार बिहान सर्लाहीको बलरा न...

भरतपुर महानगरका तत्कालीन इन्जिनियर आचार्यविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ...

टेरामक्स खरिद प्रकरण: मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मु्द्दामा सुनुवाइ जारी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्...

अनुगमन अधिकृतलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन, आचारसंहितामा कडाइ गरिने

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष ...

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

चितवन। संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको ...

कैलाली पुगे बालेन शाह, रास्वपाका उम्मेदवारसँग चुनावी तयारीमा व्यस्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमको कैलालीमा चुनावी अभियानमा व्यस्त छन्। उनले कैलाली...

जमलमा तीन सवारी ठोक्किँदा एक जना घाइते

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मोटरसाइकल, स्कुटर र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार केहीबेर अघि भएको दुर्घटनामा एक जना घ...

लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा पुन: ६ वटा मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगले जिल्लाको मतदानस्थलमा भएका मतदाता सङ्...

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार झ...

ईपीएस पास गरेर पनि कोरिया जान नपाएको भन्दै युवाको प्रदर्शन

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending