काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेको छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए। “हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
राष्ट्रपति पौडेलले नेपाल भारतबिच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठुलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबिचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशोधन विकास नेपालको प्राथमिकता रहेको बताए। उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारका कैंयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताए। उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए।
नेपाल भारबिचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १२:३७
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धा...
श्रावण ८ गते, २०८३ - १२:२७
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघ...
श्रावण ८ गते, २०८३ - १२:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज...
श्रावण ८ गते, २०८३ - १२:०९
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको ...
श्रावण ८ गते, २०८३ - ११:४२
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १५५ ले घटेको हो । नेपाल...
श्रावण ८ गते, २०८३ - ११:१३
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले स्वकीय सचिवका लागि उपलब्ध गराउने तलबभत्ता तथा अन्य सुव...
श्रावण ८ गते, २०८३ - १०:५६
नेपालगन्ज। पश्चिम नेपालकै प्रमुख व्यापारिक नाकामध्येको एक नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा आयात तथा निर्यात दुवै बढेको छ । नेपालगन्ज भन्सार कार्यालय...
श्रावण ८ गते, २०८३ - १०:४४
झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ...
श्रावण ८ गते, २०८३ - १०:२६
सुलीकोट। गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङकुनामा गएको ठुलो पहिरोका कारण घ्याम्पेसाल–देउराली–ताकु सडक १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ...
श्रावण ८ गते, २०८३ - १०:१२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छन्। प्रधानमन्त्री त...



प्रतिकृया लेख्नुहोस्: