काठमाडौं। अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो ।
योसँगै मनसुनजन्य घटनामा परी यसवर्ष ज्यान गुमाउनेको संख्या १६७ जना पुगेको छ। आज बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षीय विधान परियार, २४ वर्षका गंगा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन् ।
बडिगाडकै वडानम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
उनका अनुसार पहिरोमै पुरिएका अन्य ७ जना घाइतेको उद्धार गरिएको छ। गम्भीर घाइतेलाई उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर भने मौसम खराब हुँदा बडिगाडमा पुग्न नसकेपछि बागलुङ बजारमै अवतरण गरिएको छ। घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, गुल्मीको मुसीकोट नगरपालिका १ विसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षिय हुकुम विक, उनका छोरा वर्ष ४६ का गोरे विक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सीको मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। अन्य दुई जना घाइते भएका छन् ।
यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको पनि मृत्यु भएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: