Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बाढीपहिरोमा परी एक दिनमै १३ जनाको मृत्यु, मृत्यु हुने १६७ जना पुगे

खबरडबली संवाददाता

काठमाडौं। अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी आज मात्रै ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। पहिरोमा परी बाग्लुङमा ६ बालबालिकासहित ८, गुल्मीमा चार र बाढीले बगाउँदा काभ्रेमा एक जनाको मृत्यु भएको हो । 

योसँगै मनसुनजन्य घटनामा परी यसवर्ष ज्यान गुमाउनेको संख्या १६७ जना पुगेको छ। आज बागलुङको बडिगाड गाउँपालिका ९ दर्लिनका १५ वर्षीय विधान परियार, २४ वर्षका गंगा बस्नेतको पहिरोमा परी मृत्यु हुँदा अन्य तीन जना बेपत्ता भएका छन् । 

बडिगाडकै वडानम्बर १० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा सञ्जु विककी ६ महिने छोरी, ७ वर्षकी मालती बुढा, ७ वर्षकी मधु बुढा, १३ वर्षका मनोज बुढा, करिब १२ वर्षका अमन बुढा र ५९ वर्षकी मैतीदेवी विकको मृत्यु भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । 

उनका अनुसार पहिरोमै पुरिएका अन्य ७ जना घाइतेको उद्धार गरिएको छ। गम्भीर घाइतेलाई उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर भने मौसम खराब हुँदा बडिगाडमा पुग्न नसकेपछि बागलुङ बजारमै अवतरण गरिएको छ। घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, गुल्मीको मुसीकोट नगरपालिका १ विसौनामा दुई घर पहिरोले पुरिँदा स्थानीय ६७ वर्षिय हुकुम विक, उनका छोरा वर्ष ४६ का गोरे विक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सीको मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए। अन्य दुई जना घाइते भएका छन् । 

यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–५ स्थित पुण्यमाता खोलामा आएको बाढीले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भइ पनौती नपा–५ नैकिन्टार बस्ने ५० वर्षीया भगवती भागदासको पनि मृत्यु भएको छ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending