पोखरा । कास्कीमा सहकारीको रकम घोटालाले हजारौँ बचतकर्ताहरू पीडित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७ ठुला सहकारीबाट बढी बचतकर्ता ठगिएका छन् ।
यसमध्ये सबैभन्दा धेरै प्राइम सहकारीबाट १ अर्ब ५४ करोड १५ लाख रकम अपचलन भएको छ । यो प्रकरणमा ६५ जना प्रतिवादी छन् भने २५ जना पक्राउ परेका छन् । १८ जना धरौटीमा रिहा हुँदा ७ जना पुर्पक्षका लागि थुनामा छन् ।
नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसमेतको रकम अपचलनमा नाम जोडिएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मिलेमतोमा रकम अपचलन भएको हो ।
यसैगरी सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ५३ लाख ठगी भएको छ । सहकारीमा ४४ जना प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परेका छन् । सबैजना पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पीडितले दिएको जाहेरीका आधारमा पूरक अनुसन्धान गर्दा थप २५ जना विरुद्ध छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रहरीले जनाएको छ । सहकारीको पुरानो सफ्टवेयर अनुसार २०६५ पछिका सञ्चालक समितिका पदाधिकारीलाई पनि पक्राउ पुर्जी जारी भएको हो ।
पीडितहरूले सूर्यदर्शन प्रकरणमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछाने सहित ४ व्यक्ति र १४ कम्पनी विरुद्ध पूरक छानबिनको माग गरेका थिए । त्यसपछि महानगरका विज्ञले अध्ययन गरेर नयाँ प्रतिवेदन तयार गरेको हो । पछिल्लो प्रतिवेदनमा पनि लामिछानेको नाम जोडिएको छ ।
इमेज सहकारीबाट ६४ करोड ८८ लाख अपचलन भएको छ । १५ जना प्रतिवादी छन् भने ५ जना पक्राउ परेका छन् । ४ जना धरौटीमा रिहा हुँदा २ जना पुर्पक्षका लागि थुनामा छन् । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहितको संलग्नतामा इमेजको रकम हिनामिना भएको हो ।
शिवशिखरबाट ५४ करोड ५३ लाख ठगी भएको छ । ठगीको आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये ४ जना मात्रै पक्राउ परेर जेल गएका छन् । मित्रमिलन सहकारीबाट ३१ करोड ७८ लाख ठगी भएको छ । ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २० जना पक्राउ परिसकेका छन् । ११ जना धरौटीमा रिहा भए भने ९ जना कारागार चलान गरिएका छन् । बलिदानी सहकारीबाट १० करोड ५९ लाख ठगी भएको छ । १५ जना प्रतिवादीमध्ये ५ जना पक्राउ परेका छन् । २ जना धरौटीमा रिहा हुँदा ३ जना कारागार गएका छन् । विन्दवासिनी सहकारीबाट ७ करोड ६९ लाख ठगी भएको छ । ३१ जना आरोपीमध्ये १९ जना पक्राउ परेका छन् । १७ जनालाई धरौटीमा छोडिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।
सञ्चालक र कर्मचारी मिलेर कास्कीका दर्जनौँ सहकारीका रकम अपचलन गरिएका छन् । केही सहकारी विरुद्ध उजुरी पर्ने क्रम जारी छ । महानगरको सहकारी शाखामा सधैँजसो सहकारीले बचत फिर्ता नदिएको उजुरी पर्छ । उजुरीका आधारमा छानबिन सकेर मुद्दा प्रक्रियामा गएका सात सहकारीका रकम अपचलन आरोपमा २ सय १४ जना प्रतिवादी किटान गरिएको छ । हालसम्म ८४ जना पक्राउ परेका छन् भने ५२ जना धरौटीमा रिहा भएका छन् ।
यी सहकारीबाट मात्रै ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ ठगिएको विवरण प्राप्त भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । ‘ऋणीतर्फको हेरिसकेको छैन । अध्ययन भइरहेको छ । रिपोर्ट के आउँछ हेरौँ,’ उनले भने, ‘त्यसपछि थप कारबाही अघि बढ्छ ।’ ठगी आरोपमा ३२ जना कारागार चलान भैसकेका छन् भने बाँकी फरार छन् । फरार रहेकाको खोजी भइरहेको एसपी थापाले जानकारी दिए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपीहरू फरार छन् । प्रहरीले खोजिरहेको छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: