Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कास्कीका ७ सहकारीमा साढे ४ अर्ब ठगी

खबरडबली संवाददाता

पोखरा । कास्कीमा सहकारीको रकम घोटालाले हजारौँ बचतकर्ताहरू पीडित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७ ठुला सहकारीबाट बढी बचतकर्ता ठगिएका छन् ।

यसमध्ये सबैभन्दा धेरै प्राइम सहकारीबाट १ अर्ब ५४ करोड १५ लाख रकम अपचलन भएको छ । यो प्रकरणमा ६५ जना प्रतिवादी छन् भने २५ जना पक्राउ परेका छन् । १८ जना धरौटीमा रिहा हुँदा ७ जना पुर्पक्षका लागि थुनामा छन् । 
 
नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसमेतको रकम अपचलनमा नाम जोडिएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मिलेमतोमा रकम अपचलन भएको हो ।

यसैगरी सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ५३ लाख ठगी भएको छ । सहकारीमा ४४ जना प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परेका छन् । सबैजना पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

पीडितले दिएको जाहेरीका आधारमा पूरक अनुसन्धान गर्दा थप २५ जना विरुद्ध छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रहरीले जनाएको छ । सहकारीको पुरानो सफ्टवेयर अनुसार २०६५ पछिका सञ्चालक समितिका पदाधिकारीलाई पनि पक्राउ पुर्जी जारी भएको हो ।

पीडितहरूले सूर्यदर्शन प्रकरणमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछाने सहित ४ व्यक्ति र १४ कम्पनी विरुद्ध पूरक छानबिनको माग गरेका थिए । त्यसपछि महानगरका विज्ञले अध्ययन गरेर नयाँ प्रतिवेदन तयार गरेको हो । पछिल्लो प्रतिवेदनमा पनि लामिछानेको नाम जोडिएको छ । 

इमेज सहकारीबाट ६४ करोड ८८ लाख अपचलन भएको छ । १५ जना प्रतिवादी छन् भने ५ जना पक्राउ परेका छन् । ४ जना धरौटीमा रिहा हुँदा २ जना पुर्पक्षका लागि थुनामा छन् । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहितको संलग्नतामा इमेजको रकम हिनामिना भएको हो ।

शिवशिखरबाट ५४ करोड ५३ लाख ठगी भएको छ । ठगीको आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये ४ जना मात्रै पक्राउ परेर जेल गएका छन् । मित्रमिलन सहकारीबाट ३१ करोड ७८ लाख ठगी भएको छ । ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २० जना पक्राउ परिसकेका छन् । ११ जना धरौटीमा रिहा भए भने ९ जना कारागार चलान गरिएका छन् । बलिदानी सहकारीबाट १० करोड ५९ लाख ठगी भएको छ । १५ जना प्रतिवादीमध्ये ५ जना पक्राउ परेका छन् । २ जना धरौटीमा रिहा हुँदा ३ जना कारागार गएका छन् । विन्दवासिनी सहकारीबाट ७ करोड ६९ लाख ठगी भएको छ । ३१ जना आरोपीमध्ये १९ जना पक्राउ परेका छन् । १७ जनालाई धरौटीमा छोडिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।

सञ्चालक र कर्मचारी मिलेर कास्कीका दर्जनौँ सहकारीका रकम अपचलन गरिएका छन् । केही सहकारी विरुद्ध उजुरी पर्ने क्रम जारी छ । महानगरको सहकारी शाखामा सधैँजसो सहकारीले बचत फिर्ता नदिएको उजुरी पर्छ । उजुरीका आधारमा छानबिन सकेर मुद्दा प्रक्रियामा गएका सात सहकारीका रकम अपचलन आरोपमा २ सय १४ जना प्रतिवादी किटान गरिएको छ । हालसम्म ८४ जना पक्राउ परेका छन् भने ५२ जना धरौटीमा रिहा भएका छन् ।

यी सहकारीबाट मात्रै ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ ठगिएको विवरण प्राप्त भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।  ‘ऋणीतर्फको हेरिसकेको छैन । अध्ययन भइरहेको छ । रिपोर्ट के आउँछ हेरौँ,’ उनले भने, ‘त्यसपछि थप कारबाही अघि बढ्छ ।’ ठगी आरोपमा ३२ जना कारागार चलान भैसकेका छन् भने बाँकी फरार छन् । फरार रहेकाको खोजी भइरहेको एसपी थापाले जानकारी दिए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपीहरू फरार छन् । प्रहरीले खोजिरहेको छ,’ उनले भने । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending