Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा

खबरडबली संवाददाता

कास्की । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका कालजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको जग बसाल्दै पुष्पलालले अघि सारेका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने मुख्य लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो ।

पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित पोटेरामा पाँच वर्षअघि निर्माण सम्पन्न सुविधासम्पन्न भवन अन्य अत्यावश्यक संरचनाको अभावमा सञ्चालनमा आउन नसकेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी समिति सदस्य खगराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्ध आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका पुष्पलालका विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ स्थापना गरिएको हो ।

अध्ययन केन्द्रले करिब रु १० लाख लागतमा खरिद गरिएको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकारसहित विभिन्न सङ्घसंस्था एवं व्यक्तिको आर्थिक सहयोगसहित रु एक करोड ५० लाख लागतमा भवन निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘तीनतले पक्की भवनमा ई पुस्तकालय, तालिमकक्ष, पुष्पलालका सम्बन्धमा अध्ययन–अनुसन्धान तथा खोजी गर्ने संस्था तथा व्यक्तिका लागि आवश्यक नवीन प्रविधिसहितको वातावरण तयार गरिएको छ ।’

पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आयोजित प्रवचन गोष्ठीमा बोल्दै उनले यस क्षेत्रको करिब एक सय रोपनी सार्वजनिक जग्गाको संरक्षण गर्दै जननेता मदन भण्डारीलगायत नेताहरूको सालिक निर्माणसहित पुष्पलाल बाटिका विकास गर्ने अध्ययन केन्द्रको लक्ष्य रहेको बताए ।

अध्ययन केन्द्रका लागि पहिलो आवश्यकता पोखरा–१७ र २१ जोडने फुस्रेखोलामाथि पक्की पुल भएको बताउँदै उनले डीपीआरअनुसार पुल निर्माण गर्न रु ४९ करोड लाग्ने जानकारी दिए । पुल निर्माणसँगै अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच सहज हुनेछ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गरेको बताए । अर्का केन्द्रीय सदस्य एवं अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण भएको स्पष्ट पारे । 

एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गरे ।

अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका उनका सहपाठी एवं अनुयायी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरियो ।

विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते आजैका दिन भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending